काठमाडौँ। भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहारस्वरूप प्रदान गरेको छ।
महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा ती एम्बुलेन्स र बस प्रदान गरेका हुन्। कार्यक्रममा उनले महात्मा गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
एम्बुलेन्स र बस ३० दुर्गम जिल्लाहरूमा रहेका संघसंस्थालाई दिइएको दूतावासले जनाएको छ। सन् १९९४ देखि आजसम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स नेपाललाई उपलब्ध गराइसकेको छ। राजदूतावासले यो वर्ष पहिलोपटक तीन प्रकारका एम्बुलेन्स प्रदान गरेको छ। यी तीनै प्रकारका एम्बुलेन्सहरू नेपाल सरकारको मापदण्डअनुसार नै निर्माण गरिएका दाबी दूतावासले गरेको छ।
‘एड्भान्स लाइफ सपोर्ट’अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, ह्वीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर–जी मोबाइल डिभाइस आदि रहेका छन्।
‘बेसिक लाईफ सपोर्ट’ एम्बुलेन्समा भेन्टिलेटरबाहेक अन्य सबै सुविधा हुनेछन्। ‘कमन लाइफ सपोर्ट’अन्तर्गतका एम्बुलेन्समा भने फोर ह्वील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरू पहाडी तथा हिमाली क्षेत्रका लागि बढी उपयोगी हुने जनाइएको छ।
आज ६ जिल्लाका शैक्षिक संस्थाहरूलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालयलाई बस उपहारस्वरूप प्रदान गरिसकेको छ।
“नेपालले स्वास्थ्यको क्षेत्रमा विशेष गरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोगअनुरूप आज उक्त एम्बुलेन्स तथा बसहरू प्रदान गरिएको हो। यसले विद्यार्थीहरूलाई आफ्नो सिकाइ स्थलसम्मको पहुँचलाई सरल बनाएको छ,” काठमाडौँस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौँ। भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहारस्वरूप प्रदान गरेको छ।महात्मा गान्धीको १५१ औं जन्मजयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा आयोजना गरिएको कार्यक्रममा ती एम्बुलेन्स र बस प्रदान गरेका हुन्। कार्यक्रममा उनले महात्मा गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

">