काठमाडौँ। कोरोना महामारीविरुद्धको लडाइँमा खटिएकामध्ये ८ हजार ६४ जना सुरक्षाकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्।

सङ्क्रमितमध्ये दुई जनाले मृत्यु वरण गरेका छन्। मृत्यु भएका दुवै सुरक्षाकर्मी नेपाली सेनाका हुन्। उनीहरू काठमाडौं उपत्यकामै कार्यरत थिए।

सङ्क्रमणबाट ४,३४६ जना मुक्त भएका छन् भने ३,७१६ जना उपचाररत छन्।

सबैभन्दा बढी सङ्क्रमण प्रहरीमा

सुरक्षाकर्मीमध्ये बढी सङ्क्रमित नेपाल प्रहरीमा छन्। प्रहरीमा कूल ४,३७८ जना सङ्क्रमित देखिएकोमा २,५६८ जना निको भइसकेका छन् भने १,८१० जना हाल उपचाररत छन्।

सङ्क्रमितहरूमा गम्भीर स्वास्थ्य समस्या नरहेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताएका छन्।

“सङ्क्रमितमध्ये जति जनाको उपचार भइरहेको छ, उनीहरूको स्थिति त्यस्तो गम्भीर छैन, राम्रै छ,” उनले देखापढीसँग भने, “राजधानीमा नेपाल प्रहरीको अस्पताल र प्रदेशस्तरमा स्थापित कोरोना अस्पतालहरूमा सङ्क्रमितहरूको उपचार भइरहेको छ।”

दुई सिपाहीको मृत्यु

नेपाली सेनामा देखिएको २,४५९ जना सङ्क्रमितमध्ये ७९६ निको भएका छन् भने १,६६३ जना उपचारको क्रममा छन्। दुई जना सिपाहीको भने मृत्यु भएको छ।

“दुई जना सैनिकको चाहिँ मृत्यु भएको छ, ८०० को हाराहारीमा सङ्क्रमणबाट मुक्त भएका छन्,” सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन्।

सशस्त्रमा हालसम्म १,२५५ सङ्क्रमण

सशस्त्र प्रहरीमा हालसम्म १,२२५ जना सङ्क्रमित देखिएका छन्। सशस्त्र प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक राजु अर्यालले ९८२ जना निको भएको र २४३ जना सशस्त्र प्रहरी उपचाररत रहेको बताएका छन्।

किन प्रहरीमा धेरै सङ्क्रमण?

हालसम्म सङ्क्रमित सुरक्षाकर्मीहरूको तथ्याङ्क हेर्दा आधा भन्दा बढी नेपाल प्रहरी छन्। यसो हुनुको पछि नेपाली सेना र सशस्त्र प्रहरीको तुलनामा कोरोनाविरुद्ध लडाइँमा प्रहरीको सक्रियता बढी भएको बताइएको छ।

नेपाल प्रहरीको भूमिका बन्दाबन्दीदेखि निषेधाज्ञा हुँदासम्म मानिसको ‘मोबिलिटी’ नियन्त्रणमा रह्यो। त्यससँगै, दैनिक ‘पुलिसिङ’अन्तर्गत चेकजाँच, बाढी पहिरो पीडितको उद्धार, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउलगायत गतिविधि जारी रहँदा कोरोनाबाट प्रहरी बढी सङ्क्रमित हुन पुगेको प्रवक्ता कडायतको भनाइ छ।

" /> काठमाडौँ। कोरोना महामारीविरुद्धको लडाइँमा खटिएकामध्ये ८ हजार ६४ जना सुरक्षाकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्।

"> कोरोना सङ्क्रमित सुरक्षाकर्मीको सङ्ख्या ८ हजार नाघ्यो, दुई जनाको मृत्यु: Dekhapadhi देशभर कोरोना सङ्क्रमित सुरक्षाकर्मीको सङ्ख्या ८ हजार ६४ पुगेको छ।
• सङ्क्रमितमध्ये दुई जना सेनाको मृत्यु, ४,३४६ सङ्क्रमणमुक्त र तीन हजार ७१६ जना उपचाररत।
• सर्वाधिक सङ्क्रमित नेपाल प्रहरीबाट।

प्रतिनिधि तस्बिर
कोरोना सङ्क्रमित सुरक्षाकर्मीको सङ्ख्या ८ हजार नाघ्यो, दुई जनाको मृत्यु
काठमाडौँ। कोरोना महामारीविरुद्धको लडाइँमा खटिएकामध्ये ८ हजार ६४ जना सुरक्षाकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्।

सङ्क्रमितमध्ये दुई जनाले मृत्यु वरण गरेका छन्। मृत्यु भएका दुवै सुरक्षाकर्मी नेपाली सेनाका हुन्। उनीहरू काठमाडौं उपत्यकामै कार्यरत थिए।

सङ्क्रमणबाट ४,३४६ जना मुक्त भएका छन् भने ३,७१६ जना उपचाररत छन्।

सबैभन्दा बढी सङ्क्रमण प्रहरीमा

सुरक्षाकर्मीमध्ये बढी सङ्क्रमित नेपाल प्रहरीमा छन्। प्रहरीमा कूल ४,३७८ जना सङ्क्रमित देखिएकोमा २,५६८ जना निको भइसकेका छन् भने १,८१० जना हाल उपचाररत छन्।

सङ्क्रमितहरूमा गम्भीर स्वास्थ्य समस्या नरहेको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले बताएका छन्।

“सङ्क्रमितमध्ये जति जनाको उपचार भइरहेको छ, उनीहरूको स्थिति त्यस्तो गम्भीर छैन, राम्रै छ,” उनले देखापढीसँग भने, “राजधानीमा नेपाल प्रहरीको अस्पताल र प्रदेशस्तरमा स्थापित कोरोना अस्पतालहरूमा सङ्क्रमितहरूको उपचार भइरहेको छ।”

दुई सिपाहीको मृत्यु

नेपाली सेनामा देखिएको २,४५९ जना सङ्क्रमितमध्ये ७९६ निको भएका छन् भने १,६६३ जना उपचारको क्रममा छन्। दुई जना सिपाहीको भने मृत्यु भएको छ।

“दुई जना सैनिकको चाहिँ मृत्यु भएको छ, ८०० को हाराहारीमा सङ्क्रमणबाट मुक्त भएका छन्,” सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन्।

सशस्त्रमा हालसम्म १,२५५ सङ्क्रमण

सशस्त्र प्रहरीमा हालसम्म १,२२५ जना सङ्क्रमित देखिएका छन्। सशस्त्र प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक राजु अर्यालले ९८२ जना निको भएको र २४३ जना सशस्त्र प्रहरी उपचाररत रहेको बताएका छन्।

किन प्रहरीमा धेरै सङ्क्रमण?

हालसम्म सङ्क्रमित सुरक्षाकर्मीहरूको तथ्याङ्क हेर्दा आधा भन्दा बढी नेपाल प्रहरी छन्। यसो हुनुको पछि नेपाली सेना र सशस्त्र प्रहरीको तुलनामा कोरोनाविरुद्ध लडाइँमा प्रहरीको सक्रियता बढी भएको बताइएको छ।

नेपाल प्रहरीको भूमिका बन्दाबन्दीदेखि निषेधाज्ञा हुँदासम्म मानिसको ‘मोबिलिटी’ नियन्त्रणमा रह्यो। त्यससँगै, दैनिक ‘पुलिसिङ’अन्तर्गत चेकजाँच, बाढी पहिरो पीडितको उद्धार, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउलगायत गतिविधि जारी रहँदा कोरोनाबाट प्रहरी बढी सङ्क्रमित हुन पुगेको प्रवक्ता कडायतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्