बेइजिङमा पनि मनाइयो संविधान दिवस

काठमाडौं । नेपाली राजदूतावास बेइजिङले राष्ट्रिय दिवस तथा चौंथो संविधान दिवस मनाएको छ।

जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री ल्वो चाउ हुईसहित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलाई निम्त्याएर राजदूतावासले अघिल्ला वर्षजस्तै यसपटक पनि राष्ट्रिय दिवस मनाएको हो।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा गणतन्त्र र संघीय शासन व्यवस्था संस्थागत गर्न नयाँ संविधानको विशेष महत्व रहेको बताए।

उनले नेपाल र चीनबीच सँधै सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै पछिल्लो एक वर्षमा सीमा सम्पर्क, सांस्कृतिक सहयोग र नागरिकस्तरमा सम्बन्ध विस्तारमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए । बेल्ट एण्ड रोड इनिसियटिभले आगामी दिनमा दुवै देशका नागरिकका लागि लाभ दिने उल्लेख गरे।

कार्यक्रममा चीनमा अध्ययनरत नेपाली विद्यार्थीले कुमारी नाचलगायतका अन्य संगीत र नृत्य प्रस्तुत गरेको राजदूतावासले विज्ञप्तीमार्फत् जानकारी दिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्