जाजरकोट। नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ। ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने नगरपालिकाले जनाएको छ ।
नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ।
कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ। गाउँ-गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने मेयर चन्द्रप्रकाश घर्तीले बताए। रासस
" /> जाजरकोट। नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ। ‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने नगरपालिकाले जनाएको छ ।नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ।

">