काठमाडौं। जलस्रोत तथा सिँचाइ विभाग ललितपुरका इन्जिनियर सुरेश कुमार शर्मासँग ३ करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति रहेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले गैरकानूनी रूपमा उक्त सम्पत्ति आर्जन गरेको ठहर गरेको हो। आयोगले आज नै उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आज दायर गरिएको मुद्दामा उनीसँग ३ करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ बिगो दाबी गरिएको छ। जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर शर्माले विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धान हुँदा शर्माले २०५२ माघ १८ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियर पदमा अस्थायी नियुक्ति र २०५३ साउन ४ गते इन्जिनियर राजपत्राङ्कीत तृतीय श्रेणीमा स्थायी नियुक्त प्राप्त गरेको पाइएको थियो। निजामती सेवामा प्रवेश गरी हाल जलस्रोत तथा सिँचाइ विभाग ललितपुरमा सिडिइ पदमा कार्यरत रहेको अख्तियारले जनाएको छ।
शर्माले सार्वजनिक सेवामा प्रवेश गरेदेखि आर्थिक वर्ष २०७६/७७ सम्मको उनको सम्पत्तिको अख्तियारले अनुसन्धान गरेको थियो। जाँच अवधिमा शर्माले ५ करोड ४१ लाख ८६ हजार ६०६ रूपैयाँ आर्जन गरेको खुलेको थियो। आर्जन गरेको रकममध्ये २ करोड ३५ लाख ३१ हजार ६७४ रूपैयाँको मात्र स्रोत खुलेको थियो।
स्रोत नखुलेको रकमबाट शर्माले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनिहरूका संस्थापक एवं साधारण शेयरहरू खरिद गरेको पाइएको छ।
“वैध आयको तुलनामा ३ करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आएकोले सार्वनजिक पद धारण गरेका सुरेशकुमार शर्माले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको छ,” विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। जलस्रोत तथा सिँचाइ विभाग ललितपुरका इन्जिनियर सुरेश कुमार शर्मासँग ३ करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ बराबरको गैरकानूनी सम्पत्ति रहेको पाइएको छ।आज दायर गरिएको मुद्दामा उनीसँग ३ करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ बिगो दाबी गरिएको छ। जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर शर्माले विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

">