काठमाडौं। उत्तर कोरियाले आफूसँग ‘असरदार र विश्वसनीय’ परमाणु हतियार रहेको खुलासा गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा उत्तर कोरियाली राजदूत किम सङले यस्तो दाबी गरेका हुन्।
तर आफ्नो मुलुक आर्थिक विकासमा अघि बढ्न चाहिरहेको पनि उनले बताए। यस दिशामा अघि बढ्न अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले रोकिरहेको उनको भनाइ थियो। उनले उत्तर कोरियामा कोरोना संक्रमण नियन्त्रणमा रहेको पनि जानकारी दिए। अहिले देशमा एक जना पनि सक्रिय संक्रमित नरहेको उनको जिकिर थियो।
किमले उत्तर कोरिया र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चितता गरिसकेपछि आर्थिक विकासमा ध्यान दिँदै आएको बताए। उत्तर कोरिया बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने जान्न त चाहन्छ, तर त्यसका लागि आफ्नो सम्मान बेच्न नचाहने उनको भनाइ थियो।
उत्तर कोरियासँग रहेको परमाणु तथा ब्यालिस्टिक हतियारका कारण अन्य देशले प्रतिबन्ध लगाएको किमले बताए। अगस्ट महिनामा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उक्त देशले आफू परमाणु प्रोग्राममा काम गरिरहेको र यस्तो परमाणु डिभाइस बनाइरहेको जसलाई ब्यालिस्टिक मिसाइलमा प्रयोग गर्न सकिने समेत दाबी गरेको थियो। (एजेन्सी)
" /> काठमाडौं। उत्तर कोरियाले आफूसँग ‘असरदार र विश्वसनीय’ परमाणु हतियार रहेको खुलासा गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा उत्तर कोरियाली राजदूत किम सङले यस्तो दाबी गरेका हुन्।तर आफ्नो मुलुक आर्थिक विकासमा अघि बढ्न चाहिरहेको पनि उनले बताए। यस दिशामा अघि बढ्न अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले रोकिरहेको उनको भनाइ थियो। उनले उत्तर कोरियामा कोरोना संक्रमण नियन्त्रणमा रहेको पनि जानकारी दिए। अहिले देशमा एक जना पनि सक्रिय संक्रमित नरहेको उनको जिकिर थियो।

">