काठमाडौं। भारत सरकारले आजदेखि सिनेमा घर र मल्टिप्लेक्स पुनः सञ्चालन गर्न अनुमति दिएको छ। झण्डै ६ महिनादेखि बन्द रहेका सिनेमा घर र मल्टिप्लेक्सलाई अनलक-५ अन्तर्गत आधा दर्शक राखेर खोल्ने अनुमति दिइएको हो।
गृह मन्त्रालयले बिजनेस टु बिजनेसलाई पनि मन्त्रालयको निर्देशन अनुरूप चलाउने अनुमति मिलेको छ। युथ अफेयर्स एन्ड स्पोर्ट्स मिनिस्ट्रीले खेलाडीका लागि स्वीमिङ पुल खोल्न पनि अनुमति दिएको छ। तर, निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने छ।
भारतमा अक्टोबर १५ देखि स्कुल तथा कोचिङ सेन्टर खुल्ने भएको छ। तर, त्यसका लागि अभिभावकको स्वीकृति अनिवार्य गरिएको छ।
उच्च शिक्षामा पीएचडी, साइन्स एन्ड टेक्नोलोजी स्ट्रिममा पोस्ट ग्राजुएटका विद्यार्थीले ल्याब कार्य गर्न पाउने छन्। यो पनि अक्टोबर १५ देखि नै चरणबद्ध रूपमा सुचारू हुने भारत सरकारले बताएको छ।
त्यहाँको सरकारले अनलाइन तथा डिस्ट्यान्स लर्निङलाई प्रोत्साहन गरेको छ। विस्तारै मनोञ्जन पार्क र खुल्ला स्थान खोल्दै जाने योजना रहेको छ। सरकारले सबै नागरिकको स्वास्थ्यमा ध्यान दिँदै ‘सेतु एप’ प्रयोग गर्न अनुरोध गरेको छ।
भारतमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या करिब एक लाख पुगेको छ। संक्रमित ६२ लाख नाघेका छन् भने ५१ लाखले यो विषाणुको संक्रमणलाई जितेका छन्। (एजेन्सी)
" /> काठमाडौं। भारत सरकारले आजदेखि सिनेमा घर र मल्टिप्लेक्स पुनः सञ्चालन गर्न अनुमति दिएको छ। झण्डै ६ महिनादेखि बन्द रहेका सिनेमा घर र मल्टिप्लेक्सलाई अनलक-५ अन्तर्गत आधा दर्शक राखेर खोल्ने अनुमति दिइएको हो।गृह मन्त्रालयले बिजनेस टु बिजनेसलाई पनि मन्त्रालयको निर्देशन अनुरूप चलाउने अनुमति मिलेको छ। युथ अफेयर्स एन्ड स्पोर्ट्स मिनिस्ट्रीले खेलाडीका लागि स्वीमिङ पुल खोल्न पनि अनुमति दिएको छ। तर, निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने छ।

">