काठमाडौं। काठमाडौं महानगरपालिकाले पछिल्ला २२ दिनमा गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर गरेको छ।
तरकारी, फलफूल र खाद्यवस्तु गरी १२३ वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अघि बढाइएको छ।
उनीहरुले ४६ रूपैयाँमा खरिद गरेको प्याजको कृत्रिम अभाव सृजना गरेर १३० रूपैयाँमा बेचिरहेको थिए। बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम ६० रूपैयाँ प्रतिकिलो प्रतिव्यक्ति ३ किलोका दरले बिक्रीको व्यवस्था मिलाइएको छ।
बिक्रीका लागि राखिएका ११ वटा पसलबाट करीब १० लाख मूल्य बराबरको अखाद्य सामान पनि बरामदपछि नष्ट गरिएको छ।
खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ। बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ ।
उपमेयर एवम् अनुगमन समिति संयोजक हरिप्रभा खड्गीले महामारीको बेलामा महंगीले नागरिकलाई समस्या पारेकोले अनुगमनलाई तीब्रता दिएको बताइन्। रासस
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले पछिल्ला २२ दिनमा गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार असुल उपर गरेको छ।तरकारी, फलफूल र खाद्यवस्तु गरी १२३ वटा पसलमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही अघि बढाइएको छ।

">