काठमाडौँ। नेपाल-जर्मन द्विपक्षीय परामर्श संयन्त्रले बुधबार लगानी र व्यापारजस्ता उत्पादनमूलक क्षेत्रमा साझेदारी बढाउनुपर्नेमा जोड दिएको छ।
परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार उक्त अनलाइन बैठकमा विदेश सचिव शङ्कर दास बैरागीले र संघीय विदेश कार्यालयका राज्य सचिव मिगेल बर्गरले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए।
उक्त बैठकमा कोभिड-१९ का कारण उत्पन्न चुनौती, नेपाल-जर्मनीबीच सांस्कृतिक सम्बन्ध र आदानप्रदान तथा जलवायु परिवर्तनजस्ता विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकमा नेपाली टोलीले नेपालको विकासमा जर्मनीको सहयोगको सराहना गरेको छ। नेपाली प्रतिनिधिमण्डलमा जर्मनीका लागि नेपालका राजदूत, विदेश मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वरिष्ठ अधिकारीहरू थिए।
" /> काठमाडौँ। नेपाल-जर्मन द्विपक्षीय परामर्श संयन्त्रले बुधबार लगानी र व्यापारजस्ता उत्पादनमूलक क्षेत्रमा साझेदारी बढाउनुपर्नेमा जोड दिएको छ।परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार उक्त अनलाइन बैठकमा विदेश सचिव शङ्कर दास बैरागीले र संघीय विदेश कार्यालयका राज्य सचिव मिगेल बर्गरले आ-आफ्नो टोलीको नेतृत्व गरेका थिए।

">