काठमाडौँ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन (मिनुस्का)अन्तर्गत खटिएको नेपाली सेनाको गणलाई फोर्स कमाण्डरले उच्च प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका छन्।
मिनुस्का मिसनका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल सिद्दिकी ट्राओरीले नेपाली शान्ति सैनिकले मिसनको अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चुनौतीपूर्ण परिस्थितिमा काम गरेको जनाएका छन्। त्यस्तो समयमा प्रदर्शन गरेका साहस उत्कृष्ट एवं अतुलनीय रहेको भनी उनले खुलेर प्रशंसा गरेका हुन्।
मिनुस्का मिसनमा प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा वटुक दल गणले गत फागुनयता विभिन्न अपरेसन सञ्चालन गरी त्यहाँ रहेका हतियारधारी समूहविरुद्ध सशक्त कारवाही गरेको थियो।
“जनधनको क्षतिलाई रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति प्रदान गर्ने कार्यमा नेपाली शान्ति सैनिकले निर्वाह गरेको विशेष भूमिका सह्राहनीय रहेको भनी उक्त मिसनमा नेपाली शान्ति सैनिकको समष्टिगत योगदानको सम्मान स्वरूप कदर-पत्र प्रदान गर्नुभएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाली सेनाले सञ्चालन गरेको एक कारवाहीमा मुख्य नेतासहित ९ जना विद्रोहीहरूलाई हतियारसहित पक्राउ गरेको थियो। त्यसपछि उक्त क्षेत्रमा जातीय हिंसामा नियन्त्रण आएको थियो। यस कार्यको स्थानीय जनता, सरकारी निकाय र मिसन मुख्यालयले प्रशंसा गरेका हो।
" /> काठमाडौँ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन (मिनुस्का)अन्तर्गत खटिएको नेपाली सेनाको गणलाई फोर्स कमाण्डरले उच्च प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका छन्।मिनुस्का मिसनका फोर्स कमाण्डर लेफ्टीनेन्ट जनरल सिद्दिकी ट्राओरीले नेपाली शान्ति सैनिकले मिसनको अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटिल एवं चुनौतीपूर्ण परिस्थितिमा काम गरेको जनाएका छन्। त्यस्तो समयमा प्रदर्शन गरेका साहस उत्कृष्ट एवं अतुलनीय रहेको भनी उनले खुलेर प्रशंसा गरेका हुन्।

">