नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ <p>सुनसरी। इनरुवा नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध २१ पिस नाइट्राभेट, १ बोतल कोरेक्स र नगद १८ सय २० रूपैयाँसहित रामधुनी नगरपालिका-७ बस्ने २७ वर्षीय योगेन निरौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।</p> <p>नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ९७९६ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हा ।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्