काठमाडौँ। एलपी ग्यास विस्फोट हुँदा काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका-९, पेप्सीकोलामा बुधबार ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा ५२ वर्षीया मीना खड्का, ४५ वर्षीया सुनीता कार्की, ३१ वर्षीया माला कार्की, २७ वर्षीय रमेश कार्की र १२ वर्षीय पर्वत कार्की रहेका छन्।
घाइतेमध्ये पर्वतलाई आगोले पोलेर घाइते भएकाको उपचार हुने कीर्तिपुरस्थित अस्पतालमा उपचारका लागि रेफर गरिएको छ। उनलाई आगोको लप्काले पोलेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले बताएका छन्। अन्य घाइतेहरूको मदरल्याण्ड हस्पिटल पेप्सीकोलामै उपचार भइरहेको छ।
डेराका लागि दिएको कोठामा ग्यास लिक भएको जस्तो आवाज आएपछि गएर ग्यासको रेगुलेटर अन/अफ गर्ने क्रममा ग्यासबाट आगो उठी विस्फोट भएको बताइएको छ।
विस्फोट दिउँसो साढे ३ बजेतिर भएको हो।
" /> काठमाडौँ। एलपी ग्यास विस्फोट हुँदा काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका-९, पेप्सीकोलामा बुधबार ५ जना घाइते भएका छन्।घाइते हुनेहरूमा ५२ वर्षीया मीना खड्का, ४५ वर्षीया सुनीता कार्की, ३१ वर्षीया माला कार्की, २७ वर्षीय रमेश कार्की र १२ वर्षीय पर्वत कार्की रहेका छन्।

">