७५ प्रतिशत छात्रवृत्ति माग गर्दे सार्वजनिक मेडिकल कलेजविरुद्ध सर्वाेच्चमा मुद्दा
काठमाडौं। चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार सार्वजनिक मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

विश्वविद्यालय, मेडिकल कलेजहरू, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर विद्यार्थीले ३ मंसीरमा रिट दायर गरेका हुन्।

मोहम्मद नसिरले आर्मी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ मेडिकल साइन्सेस, काठमाडौं विश्वविद्यालयका विस्तारित कार्यक्रम देवदह र विराट मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

३ मंसीरमा दर्ता भएको सो मुद्दाको पेसी सर्वोच्चले आज एक नम्बरमा तोकेको छ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आइसकेकाले ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्ति सबै मेडिकल कलेजले कार्यान्वयन गर्नुपर्ने माग नसिरको छ।

ऐनको दफा १७ को उपदफा ७ मा भनिएको छ, ‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका व्यवस्था गर्नुपर्नेछ र आयोगको परामर्शमा त्यस्तो सिट क्रमशः वृद्धि गर्दै लैजान सकिनेछ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्