काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु, झापा, बाँके र सुर्खेतबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट ७ किलो ५०० ग्राम अवैध लागूऔषध अफिमसहित रोल्पा परिवर्तन गाउँपालिका-१ बस्ने ५० वर्षीया सिता रोकालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु.१ ह १५७ नम्बरको अटोमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी पक्राउ गरेको हो।
अटो चालक शिवराज नगरपालिका५ बस्ने शुशिल क्षेत्री समेतलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको बिर्तामोड नगरपालिका-३ सैनिक मोडबाट करिब १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-३ बस्ने २२ वर्षीय सदाम राजवंशी र सोही गाउँपालिका-४ बस्ने ३९ वर्षीय नरबहादुर राजवंशी छन्।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट ४ ग्राम ब्राउनसुगरसहित दुईजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानरगपालिका-४ बसपार्क बस्ने २३ वर्षीय मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका-३ बस्ने २७ वर्षीया सपना पुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके तथा लागूऔषध नियन्त्रण ब्यूरोनेपालगञ्बाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २० वर्षीय रेशमकुमार विकलाई एक ग्राम ७०० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपालगञ्जबाट सुर्खेततर्फ आइहेको भे.१ ज ९९८ नम्बरको फोर्स गाडीमा जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई कम्मरमा बाँध्ने ब्यागभित्र उक्त ब्राउनसुगर लुकाएको अवस्थामा पक्राउ गरिएको हो।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ४ ग्राम २७० मिलीग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३८ वर्षीय मानबजंग शाह र ३४ वर्षीय सन्तोश भट्टराई पक्राउ परेका छन्।
प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको टोलीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको लु.४४ प २४४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक शाह र स्कुटरमा सवार भट्टराईलाई पक्राउ गरेको हो।
झापाको बिर्तामोड नगरपालिका-५ आनन्द चोकबाट करिब ३ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मेचीनगर नगरपालिका-१३ चारआली बस्ने २२ वर्षीय बिनायक मानन्धरलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु, झापा, बाँके र सुर्खेतबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट ७ किलो ५०० ग्राम अवैध लागूऔषध अफिमसहित रोल्पा परिवर्तन गाउँपालिका-१ बस्ने ५० वर्षीया सिता रोकालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

">