धादिङको त्रिपूरासुन्दरी गाउँपालिकाकी १४ वर्षीया किशोरी बुबाबाट असोजको ८ गते बिहीबार बलात्कृत भइन्।
घटना आमाले थाहा पाइन्। तर, आमाले बुबालाई छोरीमाथि त्यस्तो नगर्न नभनेपछि उनलाई घरमा बस्न मन लागेन। र, घर छाड्ने निर्णय गरेर काठमाडौंतर्फ लागिन्।
अन्ततः धादिङ प्रहरीले नै उद्दार ग-यो। बलात्कार गरेको आरोप लागेको ३५ वर्षीय बुबा सोमबारदेखि प्रहरी हिरासतमा छन्।
०००
बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामी असोज ७ गते राति मृत फेला परिन्।
सिमछानामा गाईवस्तु बाँध्न भनेर घरदेखि हिँडेकी उनी सिम मन्दिरभित्र मृत फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बलात्कार र लुटपाटपछि हत्या भएको खुल्न आएको बताएका छ्न।
घटनापछि सोही ठाउँका २० वर्षीय राजेन्द्र बोहरा पक्राउ परिसकेका छन्।
०००
पाल्पामा एक १७ वर्षीया किशोरी गत बिहीबार बलात्कृत भइन्। बलात्कार गर्ने ४२ वर्षीय पुरुष फरार छन्। त्यसअघि मङ्गलबार उनै किशोरी बलात्कार गरेको आरोपमा ४५ वर्षीय ईन्द्रबहादुर घर्ती सोमबार पक्राउ परेका छन्।
०००
यी माथिका प्रतिनिधिमूलक घटनाहरू हुन्। बलात्कारका घटनाको तथ्याङ्क हेर्दा डरलाग्दो देखिएको छ।
तथ्याङ्क अनुसार नेपालमा हरेक दिन औषतमा ५ जना बलात्कृत हुने गरेका छन्। चैत ११ गतेदेखि साउन १० गतेसम्म भएको बलात्कार सम्बन्धी घटनालाई केलाउँदा यस्तो भयावह अवस्था देखिएको हो।
नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाले यस अवधिमा बलात्कारका घटना देशभर ७१७ वटा भएको जनाएको छ। १२२ दिनमा यति धेरै बलात्कारका घटना भएका हुन्।
प्रदेश १ मा चार महीनामा बलात्कारका सर्वाधिक १६९ वटा घटना भएका छन्। त्यसपछि प्रदेश ५ मा १२३ वटा घटना भएको छ।
प्रदेश २ मा ९८ वटा, बागमतीमा ८६, सुदूरपश्चिम प्रदेशमा ७९ वटा, उपत्यकामा ६४ वटा, गण्डकीमा ५३ र कर्णाली प्रदेशमा ४५ वटा बलात्कारका घटना भएका छन्।
बलात्कार घटनाको यो ग्राफले बालिका, किशोरी, महिलादेखि वृद्धासम्म थप असुरक्षित बन्दै गएको देखाएको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले आफन्तबाटै बलात्कारका घटना बढी हुने गरेको बताए।
त्यसपछि छिमेकी, चिनेजानेका मानिसबाट बलात्कार भएको देखिएको उनले जानकारी दिए।
बलात्कारको घटनामा बुबा, दाजुभाइ, बाजेदेखि छोरासम्मको संलग्नता हुने गरेको देखिएको छ। कतै चाहिँ बलात्कारसँगै हत्यासम्मका घटना हुने गरेका छन्। छरछिमेक वा चिनेजानेकाबाट बलात्कार हुँदा हत्याका घटना पनि बढी हुने गरेको प्रवक्ता कडायतले देखापढीलाई बताए।
“बलात्कारपछि हत्या चाहिँ परिवारका सदस्यबाट प्राय हुँदैन, हुने भनेकै छरछिमेक र चिनेजानेकाबाट हुँदा बढी हुने हो”, कडायतले भने, “घटना सार्वजनिक हुने डरले बलात्कारपछि हत्या हुने गरेको देखिन्छ।”
राष्ट्रिय मानव अधिकार आयोगले पनि पछिल्लो समय बलात्कारका घटनापछि हत्या गर्ने ‘ट्रेण्ड’ बढेको जनाएको छ। जसप्रति आयोगले चिन्ता व्यक्त गरेको छ।
आयोगका सूचना अधिकारी डा. टीकाराम पोखरेलले पोल खुल्छ कि भनेर बलात्कृतको हत्या गर्ने अपराध हुने गरेको बताए।
“पछिल्ला घटनाहरूलाई हेरौं न, बलात्कारपछि हत्या भएका घटनाहरू आइरहेका छन्, जो कि पोल खोलिन्छ भनेर”, उनले भने, “उनीहरूको बाँच्न पाउने अधिकार अत्यन्तै नाजुक देखिन्छ।”
पीडितलाई समाजले अपमानजनक ढङ्गले हेर्ने गरेको पनि पोखरेलले बताए। उनीहरूको सम्मानपूर्वक जीउन पाउने मानव अधिकारको हनन् भएको बताए।
“हाम्रो समाजमा पीडितकै पनि खोट लगाउने चलन छ, हेयको दृष्टिले हेर्ने गरिन्छ र यस्तो अवस्थामा पीडितहरू बसाइँ सरेर टाढा जाने गरेको देखिएको छ”, पोखरेलले भने, “केही पीडित घटनालाई दबाएर बस्ने गरेको त केहीले चाहिँ आत्महत्या गर्ने गरेको देखियो।”
बालिका बलात्कारमा संलग्नलाई अझ मृत्युदण्डकोसम्म सजाय दिनुपर्ने आवाज संघीय संसदमा महिला सांसदहरूले आवाज उठाइरहेका छन्।
यस्तो कडा सजायसहितको कानून बनाउनुअघि भने अन्तर्राट्रिय सन्धिहरू र लोकतान्त्रिक देशको संविधानलाई अध्ययन गर्न आवश्यक रहेको कांग्रेस सचेतक पुष्पा भुषाल बताउँछिन्।
नेकपा सचेतक शान्ता चौधरी, जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला यादवलगायतले बलात्कारका अपराधीहरूको मनोबल कमजोर बनाउन मृत्युदण्डको प्रावधानसहितको कानून निर्माणमा निरन्तर जोड दिएका छन्।
" /> धादिङको त्रिपूरासुन्दरी गाउँपालिकाकी १४ वर्षीया किशोरी बुबाबाट असोजको ८ गते बिहीबार बलात्कृत भइन्।घटना आमाले थाहा पाइन्। तर, आमाले बुबालाई छोरीमाथि त्यस्तो नगर्न नभनेपछि उनलाई घरमा बस्न मन लागेन। र, घर छाड्ने निर्णय गरेर काठमाडौंतर्फ लागिन्।

">