काठमाडौं। विभिन्न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
हिजो बसेको सञ्चार-गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको बैठक बसी सात बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
असोज १५ गतेदेखि २७ गतेसम्म चल्ने आन्दोलनको पहिलो चरणमा २० गतेसम्म ५ दिने रिले अनसन गर्ने संघर्ष समितिले बताएको छ।
त्यस्तै २१ गते अन्नपूर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा एक घण्टा घेराउ गर्नेछ भने २२ गते कारोबार दैनिक र कान्तिपुर मिडिया ग्रुपमा एक घण्टा घेराउ हुनेछ।
त्यस्तै असोज २३ गते नागरिक दैनिकमा एक घण्टा घेराउ र २४ गते नेपाल आजमा एक घण्टा घेराउ गरिनेछ।
असोज २५ गते सूचना तथा प्रशारण विभाग र न्युनतप पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रदर्शन गर्ने तथा २७ गते बालुवाटारमा आधा घण्टा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम घोषणा भएका छन्।
समितिले कान्तिपुर, कारोबार, नागरिक अन्नपूर्णलगायत सञ्चारमाध्यममा भइरहेको श्रमशोषणको बारेमा सबै शुभेच्छुक संघ/संगठन र ऐक्यबद्धता दिन आह्वान गर्नेछ।
सञ्चारगृहको ज्यादति र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालयलगायतलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण पनि गराउने छ।
" /> काठमाडौं। विभिन्न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।हिजो बसेको सञ्चार-गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिको बैठक बसी सात बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

">