काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा २५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा एक जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेको उपचार भइरहेको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ छवघरियामा हिजो बेलुकी ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ किशनपुरका ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा मृत्यु भएको हो।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज. १ त ७९५१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको ज. ५ प २६४२ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ८ बजे ठोक्किएको हो।
त्यस्तै झापाको शिवसताक्षी नगरपालिका-८ मा हिजो बेलुकी जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीया कमला चापागाई छिन्। पैदल हिडिरहेकी उनलाई हिजो बा. ११ च ५९९० नम्बरको जिपले ठक्कर दिएको हो।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। सवारीसाधनसहित चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। स्कुटर चालक अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ।
हिजो बेलुकी साढे ८ बजे सिमराबाट पथर्लैयातर्फ जाँदै गरेको ना. ६ त ८२८३ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना. ६२ प ८३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा अल्पाइन अस्पतालमा मृत्यु भएको हो। सवारी साधनसहित ट्याकटर चालकलाई इलाका प्रहरी कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ।
बाराकै जितपुर सिमरा उपमहानगरपालिका-१ मा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। मोटरसाइकल चालक पर्साको बिरुवागढी गाउँपालिका-५ का ३१ वर्षीय दिपक पौडेल घाइते भएका हुन्। घाइतेलाई उपचारका लागी विरगञ्ज हेल्थ कियर पठाइएको छ।
पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना १४ प ३५८१ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको हो।
" /> काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा २५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा एक जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइतेको उपचार भइरहेको छ।धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ छवघरियामा हिजो बेलुकी ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ किशनपुरका ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ।

">