कैलाली। अवैध बाटो भएर भारतीय कामदार नेपाल भित्र्याउन प्रहरीकै घुमुवा टोली सक्रिय हुने गरेकाे पाइएकाे छ।
कैलालीको त्रिनगर नाका तथा अन्य अवैध बाटो भएर भारतीय कामदारहरू धनगढी भित्रिरहेका छन्। प्रहरीकाे घुमुवा टाेलीले भने प्रतिव्यक्ति तीन हजारका दरले रकम असुलेर आउन दिने गरेको भारतीय कामदारहरू बताउँछन्।
धनगढी, टीकापुर, अत्तरियालगायतका अन्य पहाडी क्षेत्रमा रहेका साना उद्योग, मोटर ग्यारेज, वर्कसप, पेन्टिङको काम गर्न भारतीय कामदारहरू आउने गरेका छन्।
लकडाउनअघि सोही काम गरिरहेका भारतीय कामदारहरू लकडाउन भएलगत्तै भारत छिरेका थिए ।
धनगढीमा रहेको एक मोटर ग्यारेजका सञ्चालकका अनुसार नेपालमा मोटरको काम जानेका कामदारहरू नभएका कारण भारतीय कामदार नै बोलाउन परेको बाध्यता रहेको बताउँछन्।
उनले आफूले समेत घुमुवा प्रहरीलाई केही रकम दिएको स्वीकार्दै कामदारलाई पाँच दिनपछि मात्रै आफ्नाे वर्कसपमा काममा लगाएको दाबी गर्छन्।
त्यस्तै भारतीय कामदारको पछि लागेर ग्यारेजसम्मै घुमुवा प्रहरी पुगेको अर्का व्यवसायी बताउँछन्।
उनले आफूले पाँचजना कामदार ल्याएकोमा प्रतिकामदार तीन हजारका दरले १५ हजार रूपैयाँ दिएको बताँउछन्। रकम नदिए कामदार फिर्ता पठाइदिने र बिना जानकारी ल्याउनेलाई कारबाही गर्ने धम्की दिने गरेको उनले बताए।
“मान्छे नल्याएर के गर्नु ? बैंकले ब्याज मिनाहा गर्दैन, घरबेटीले घरभाडा छोड्दैन बरु केही पैसा दिएर भए पनि पहिला आफूकहाँ काम गर्ने भारतीय कामदार ल्याउनु परेकाे छ,” ती व्यवसायीले भने, ”घुमुवा प्रहरी हौँ, तपाइँकोमा यति जना भारतीय कामदार आएका छन्, उनीहरूलाई फिर्ता पठाउनुस्, राख्ने भए हामीलाई प्रतिकामदार तीन हजार चाहिन्छ भनेर सोझै भन्छन्।,”
प्रायः सबैजसो व्यवसायीले आफ्नो व्यवसाय र घुमुवा प्रहरीको परिचय भने दिन मानेनन्। ती व्यवसायीले भने, “प्रहरीका हाकिमले घुमुवाको मोबाइल चेक गरे सबै छर्लङ्ग हुन्छ।”
घुमुवा प्रहरीले कामदारको फोटो खिच्ने तथा भिडिओ बनाउने गरेको व्यवसायीहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबराले अहिलेसम्म व्यवसायीहरूले आफूकहाँ त्यस्तो गुनासो नगरेको बताए। उनले यसबारेमा अनुसन्धान थाल्ने बताए।
" /> कैलाली। अवैध बाटो भएर भारतीय कामदार नेपाल भित्र्याउन प्रहरीकै घुमुवा टोली सक्रिय हुने गरेकाे पाइएकाे छ।कैलालीको त्रिनगर नाका तथा अन्य अवैध बाटो भएर भारतीय कामदारहरू धनगढी भित्रिरहेका छन्। प्रहरीकाे घुमुवा टाेलीले भने प्रतिव्यक्ति तीन हजारका दरले रकम असुलेर आउन दिने गरेको भारतीय कामदारहरू बताउँछन्।

">