चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एकजनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। राप्ती नगरपालिका- २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत ८ साउनमा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ।
उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो। मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले २५ भदौमा किटानी जाहेरी दिएका थिए।
आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी भएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप छ।
राजकुमारसहित सातजनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए। सेनाले निकुञ्जमा प्रवेश गरेका सातजनामध्ये दुई महिलाबाहेक पाँचजना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन्।
राप्ती नगरपालिका-२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो।
छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए । मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो। रासस
" /> चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एकजनालाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। राप्ती नगरपालिका- २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत ८ साउनमा मृत्यु भएको थियो।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ।

">