झापा। भद्रपुर नगरपालिका-९ मा जंगली हात्तीलाई मानव वस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जंगली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जंगलको वरिपरि ६ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो।

भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युतकाे ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ। त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत् प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ।

सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ।

कुनै-कुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्नेबाहेक जङ्गली हात्तीको दिनहुँ भोग्नुपर्ने आतङ्कबाट स्थानीयवासीले अब मुक्ति पाएका छन्।

झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश १ सरकारले १४ लाख र संघीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट २० लाख रूपैयाँ प्राप्त भएको अध्यक्ष पोखरेलले बताए।

झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ।

यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु नहुने पाेखरेलले बताए।

हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ। बाँकी काम धमाधम भइरहेको छ।

असोजभित्र शतप्रतिशत काम सक्ने लक्ष्य रहेको वन समितिका अध्यक्ष पोखरेलले बताए।

झापाको स्थानीय जंगलमा १० देखि १३ वटासम्म रैथाने जङ्गली हात्ती बाह्रै महिना बस्दै आएका छन्।

जंगलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने उपद्रो गर्दै आएका छन्। रासस

" /> झापा। भद्रपुर नगरपालिका-९ मा जंगली हात्तीलाई मानव वस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ।

"> जंगली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग: Dekhapadhi
जंगली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

प्रतिक्रिया दिनुहोस्