पाेखरा। पोखरा महानगरपालिका-१७, पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ।
साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मंगलबार आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेषगरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे। रासस
" /> पाेखरा। पोखरा महानगरपालिका-१७, पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ।साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मंगलबार आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

">