तनहुँ। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ।
बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका-७, शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार नगरप्रमुख किसान गुरुङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।
भन्सार छुटमा ल्याइएको एम्बुलेन्सलाई १० लाख ५० हजार रूपैयाँ परेको कार्कीले जानकारी दिए।
सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रका ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नगरपालिकालाई एम्बुलेन्स सहयोग गरिएको उनकाे भनाइ छ।
नगर क्षेत्रभित्र समयमै अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्स अतिउपयोगी हुने नगरप्रमुख गुरुङले बताए।
हाल नगरपालिकाले खैरेनीटार स्वास्थ्यचौकीमा सञ्चालनमा ल्याउन लागेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा उक्त एम्बुलेन्स प्रयोग गरिने उनले जानकारी दिए। रासस
" /> तनहुँ। बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ।बाराको सिमरामा मुख्य कारखाना रहेको प्रालिको शुक्लागण्डकी नगरपालिका-७, शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार नगरप्रमुख किसान गुरुङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

">