बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो बरामद गरेको साढे १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
प्रहरीले सोमबार चार हजार र मंगलबार ६ हजार ५०० गरी हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरूले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो दुई दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो। रासस
" /> बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो बरामद गरेको साढे १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।प्रहरीले सोमबार चार हजार र मंगलबार ६ हजार ५०० गरी हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ।

">