काठमाडौं। प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउने तयारी थालेको छ। प्रहरी नियमावली संशोधन गरेर ६ जना प्रहरी अधिकारीलाई काममा फर्काउने तयारी थालेको हो।
उक्त प्रकरणमा सेवाबाट हटाईएका दुईजना प्रहरी अधिकारीले भने मन्त्रिपरिषद् कार्यालयमा निर्णय पुनरावलोकनका लागि निवेदन दिएका छन्। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट हटाइएको थियो।
ती बाहेक अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसीसहित ६ जना निलम्बनमा परेका थिए। जिल्ला अदालत कञ्चनपुरले ८ जना प्रहरी अधिकारीलाई सफाई दिएको थियो। सोही आधारमा उनीहरूलाई काममा फर्काउने तयारी गरेको हो।
८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको आठौं संशोधन स्वीकृत गरेर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसकेको छ।
डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्का, सई हरसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउँदको निलम्बन फुकुवा गर्ने तयारी गरिएको हो।
त्यस्तै एसपी विष्ट र प्रहरी निरीक्षक भट्टबारे भने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्नेछ। उनीहरूलाई ८ कात्तिक २०७५ मा सेवाबाट हटाइएको थियो। उक्त निर्णय पुनरावोलकनका लागि ११ मंसीरमा मन्त्रिपरिषद् बैठकमा निवेदन दिएका थिए।
जिल्ला अदालतले १५ साउनमा सो घटनाको अनुसन्धानमा प्रहरीको कुनै कमीकमजोरी नरहेको भन्दै सफाई दिएको थियो।
विष्ट र भट्टले साउन ३० गते नै मन्त्रिपरिषद्मा फेरि अर्को निवेदन पेश गरेका थिए। अब केहीदिनमै मन्त्रिपरिषद् बैठकले आफूहरूबारे पनि निर्णय गर्ने एसपी विष्टले बताए।
“हामीहरूले क्षतिपूर्तिसहित पुनर्वहालीको माग गरेका छौं। त्यसबारेमा मन्त्रिपरिषद् बैठकले चाँडै निर्णय गर्छ होला,” एसपी विष्टले भने, “मेरो दुई पटकको बढुवा रोकिएको छ। अन्य तलब भत्ताको कुरा पनि छ। त्यो सबैलाई मन्त्रिपरिषद् बैठकले एकैपटक सम्बोधन गर्नुपर्छ।”
उनीहरूविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र बलात्कार आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टका दाई खडकसिंह विष्टले यातना दिएको तथा प्रमाण नष्ट गरेको मुद्दा हालेका थिए।
यसअघिको नियमावलीले प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म्म जागीरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो। तर, अब संशोधन गरेको नियमावलीले अन्तिम भन्ने शब्द हटाएको छ। जसले गर्दा उनीहरूलाई काममा फर्किन बाटो खुलेको हो।
११ साउन २०७५ मा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन्।
" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउने तयारी थालेको छ। प्रहरी नियमावली संशोधन गरेर ६ जना प्रहरी अधिकारीलाई काममा फर्काउने तयारी थालेको हो।उक्त प्रकरणमा सेवाबाट हटाईएका दुईजना प्रहरी अधिकारीले भने मन्त्रिपरिषद् कार्यालयमा निर्णय पुनरावलोकनका लागि निवेदन दिएका छन्। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट हटाइएको थियो।

">