सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन्।
विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो।
दरखास्त आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुरूको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो।
१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा. डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेकाे उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए।
“यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरूको इतिहासमा पहिलो घटना हो”, उनले भने, “जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ।” रासस
" /> सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन्।विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो।

">