काठमाडौं। चीनका समर्थक मात्र होइन, विरोधी पनि अब चीनको उडानलाई कसैले रोक्न नसक्ने बताउँछन्।
चिनियाँ सामग्रीमा आश्रित धनी मुलुक नै पनि अब ती वस्तुबिना सहज जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन्। विश्व शक्ति अमेरिका होस् कि नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुक, चिनियाँ वस्तुको प्रयोग अत्यावश्यक बनिसकेको छ।
चीनको मुख्य उद्देश्य संसारभर आफ्नो व्यापार साम्राज्य विस्तार गर्नु र त्यसमै टेकेर शक्तिशाली बन्नु रहेको छ। यसका निम्ति राष्ट्रपति सी जिनपिङ सफल योजनाकार बनेका छन्। उनले आफ्ना योजनाको पासोमा जस्तै मै हुँ भन्नेलाई पनि पारिसकेका छन्। त्यतिमात्र होइन, त्यो कम्युनिस्ट मुलुकमा सीले अब चाहेजति समय शासन गर्न पाउने कानुनसमेत निर्माण र भइसकेको छ।
चीनले यस्तो सफलता केही दिन वा महिना अनि वर्षमा हात पारेको होइन। यसका निम्ति उक्त विशाल मुलुकले कडा मेहनत पनि गरेको छ। चीनले आफ्नो वर्षौंको अथक परिश्रम, चतुर नीति र अनुशासित नागरिकका कारण विश्व प्रभाव वृद्धि गर्न सकेको हो।
चिनियाँ कलाकार फिल्म निर्माता अई वेईवेईका मतमा अब चीनको वैश्विक प्रभाव यति बढिसकेको छ कि त्यसलाई रोक्न असम्भव छ। उनी भन्छन्, ‘‘पश्चिमा देशहरूले दशकौंअघि नै चीनका बारेमा चिन्तित हुनुपर्थ्याे। अब त निकै ढिला भइसकेको छ, किनकि चीनमाथिको पश्चिमी देशको निर्भरता अधिक बढेको छ। र, यसलाई कम गर्दा चीनलाई निकै कष्ट हुने छ र यही कारण चीन रिसाउने पनि छ।’’
कलाकार वेईवेई चीन सरकारको कडा आलोचक हुन्, उनका मतमा चीन ‘एक पुलिस स्टेट’ हो।
वेईवेई चीनका ख्यातिप्राप्त कलाकारमध्ये एक हुन्। उनको नाम बेइजिङ ओलम्पिकको ‘बर्ड्स नेस्ट’ स्टेडियमको डिजाइन गरेपछि अन्तर्राष्ट्रियस्तरमा चर्चित भयो।
उनको मतमा अहिले चीन आफ्नो राजनीतिक प्रभाव लागू गर्न आर्थिक क्षमताको प्रयोग गरिरहेको छ। पछिल्लो समय चीन विश्व मानचित्रमा निकै मुखर भएको उनको भनाइ छ।
झण्डै एक दशकअघि चीनले संसारसामु आफ्नो विनम्र चेहरा पेश गर्यो। त्यहाँका मन्त्रीहरूले आफ्नो देशलाई विकासशीलको कोटीमा राखे र पश्चिमी देशहरूबाट आफूले धेरै कुरा सिक्न बाँकी रहेको बताए।
त्यसपछि सी सत्तामा आए। २०१२ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सेक्रेटरी जनरल बने र अर्को वर्ष अध्यक्ष भए। उनले मुलुकलाई नयाँ तरिकाबाट अगाडि बढाए। पुरानो सूत्र विनम्रता र साधारण बनिरहने कुरा फिक्का पर्दै गयो। र, एउटा नयाँ नारा आविष्कार भयो– स्ट्राइभ फर अचिभमेन्ट अर्थात् उपलब्धिका लागि प्रयास गर।
त्यस मुलुकमा अहिले पनि अढाइ करोड मानिस गरिबीको रेखामुनि जीवन यापन गरिरहेका छन्। तर पनि त्यो देश संसारको दोस्रो ठूलो अर्थतन्त्र हो। केही वर्षमै उसले एक नम्बरमा रहेको अमेरिकालाई पछार्न सक्छ र ऊ संसारकै ठूलो अर्थतन्त्रयुक्त मुलुक बन्ने छ। चीनको अहिलेको यात्रा सोही दिशामा अग्रसर छ।
यतिखेरै अमेरिकाको विश्व प्रभाव कमजोर बन्दै गएको छ। भारत अनेकखालका राजनीतिक तनावले घेरिएको छ। यही समय चीन भने आफ्नो प्रभावलाई अधिक स्पष्ट पार्दै अघि बढिरहेको छ।
चिनियाँ प्रभाव अमेरिका वा पाकिस्तानमा मात्रै सीमित छैन। ग्रिनल्यान्डदेखि क्यारेबियन क्षेत्र, पेरु, अर्जेन्टिना, दक्षिण अफ्रिका, जिम्बाब्वे अनि मंगोलिसम्म उसको प्रभाव विस्तार भएको छ। आज संसारको हरेक क्षेत्रमा चीनको प्रत्यक्ष वा परोक्ष प्रभाव छ।
कतिपय मुलुक चीनको प्रभावलाई हानिकारक बताइरहेका छन्। विश्वकै लागि चीन खतरा बन्न सक्ने औंल्याइरहेका छन्।
अमेरिका र चीनबीच सम्बन्ध चिसिएको लामो समय भइसकेको छ। बेलायत पनि चीनसँग खुसी छैन, न त जापान वा अस्ट्रेलिया। विश्व शक्ति बन्ने सपना साँचेर दौडिरहेको भारतले कतिपय चिनियाँ कदमलाई अस्वीकार गर्दै प्रतिद्वन्द्वीको भूमिका निर्वाह गर्दै आएको छ।
तर, चीन शान्त बसिरहेको छैन। चीनको पुरानो शान्त कूटनीति फेरिएको छ। उसले आफूमाथि बक्रदृष्टि राख्नेलाई कहिले शिष्ट धम्की त कहिले जमेर प्रतिक्रिया दिन थालेको छ।
चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका प्रधानसम्पादक हु जिजिन भने चीनले कसैलाई नधम्काएको दाबी गर्छन्। उनी भन्छन्, ‘‘म सोध्न चाहन्छु- चीनले कहिले, कुन देशको इच्छाविरुद्ध के गरेको छ? यो अमेरिका हो, जसले संसारका अलगअलग देशमाथि प्रतिबन्ध लगाइरहेको छ। थुप्रै देशमाथि आर्थिक प्रतिबन्ध अमेरिकाले लगाएको छ। तपाईं कुन देशको नाम लिनुहुन्छ, जसमाथि चीनले प्रतिबन्ध लगाएको छ।’’
चीनले कसैमाथि पनि प्रतिबन्ध नलगाएको बरु आफ्नो असहमति जाहेर गरेको उनको भनाइ थियो। अहिले ताइवान, अस्ट्रेलिया, जापान, क्यानडा, भारत, बेलायत र अमेरिकासँग चीनका गतिरोध बढिरहेको छ।
कतिपय विश्लेषकहरूका अनुसार चीनले कसैलाई धम्क्याउनु भनेको आफूभित्र बढिरहेको डरलाई लुकाउन खोज्नु हो। चीनमा कम्युनिस्ट पार्टी जनताबाट सीधा चुनिएर छानिँदैन। त्यसकारण पनि उक्त पार्टीप्रति जनताको वास्तविक समर्थन छ कि छैन भन्ने बुझ्न नसकिने उनीहरू बताउँछन्।
पछिल्लो समय चीनको सम्बन्ध अमेरिकासँग बढी चिसिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनप्रति निकै आक्रामक बनेका छन्। उनको यो प्रतिक्रिया आगामी नोभेम्बरको राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ। अमेरिकामा राष्ट्रपति निर्वाचनपछि चीनसँगको सम्बन्ध सुध्रिने विश्लेषण गर्नेको पनि कमी छैन। (बीबीसीको सहयोगमा)
" /> काठमाडौं। चीनका समर्थक मात्र होइन, विरोधी पनि अब चीनको उडानलाई कसैले रोक्न नसक्ने बताउँछन्।चिनियाँ सामग्रीमा आश्रित धनी मुलुक नै पनि अब ती वस्तुबिना सहज जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन्। विश्व शक्ति अमेरिका होस् कि नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुक, चिनियाँ वस्तुको प्रयोग अत्यावश्यक बनिसकेको छ।

">