काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका कुलमान घिसिङ नेपाली जनतामाझ निक्कै लोकप्रिय छन्।
आम जनताबीच नायक छवि बनाएका घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उठाइरहेका छन्। कतिपय भने उनले कार्यकाल पूरा गरिसकेको र व्यक्तिले नभई पद्धतिले संस्था चल्नुपर्ने भन्दै सामाजिक सञ्जालमै कुलमान पुर्ननियुक्तिको विपक्षमा उभिएका छन्।
पक्ष वा विपक्ष जे भए पनि कुलमान नेपाली समाज र खास गरी सामाजिक सञ्जालमा निरन्तर चर्चामा छन्। यही चर्चामा सामाजिक सञ्जालमा उनकी श्रीमती भनेर पोष्टिएको एउटा तस्बिर पनि थपिएको छ।
उनकै आफन्त पर्ने एक महिलासँगको तस्बिर ‘नेपालको रियल हिरो कुलमान घिसिङ र उहाँको धर्मपत्नी’ भन्दै फेसबुकमा पोष्ट गरिएको तस्बिर अहिले कुलमान समर्थकका बीच चर्चाको विषय बनेको छ।
तर आफन्त महिलालाई श्रीमती भनेर फेसबुक पेजहरूमा फोटो पोष्ट गरिएकोप्रति कुलमानको परिवारले आपत्ति जनाएको छ।
कुलमानकी श्रीमती दीपा तामाङले आफन्त महिलाको तस्बिरलाई यसरी ‘श्रीमती’ भनेर राख्दा परिवारको अपमान भएको बताएकी छिन्।
“तस्बिरमा देखाइएको व्यक्ति हाम्रै आफन्त हुन्। गत वर्षको दसैंमा टिका लगाउन आउँदा खिचाएको तस्बिर धर्मपत्नी भनेर राखेको रहेछ,” दीपाले भनिन्, “त्यसरी राख्दा हाम्रो परिवारको अपमान भयो। जो जसले त्यसरी राखेको हो। तत्काल हटाउनुपर्छ। नत्र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउँछौं।”
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका कुलमान घिसिङ नेपाली जनतामाझ निक्कै लोकप्रिय छन्।आम जनताबीच नायक छवि बनाएका घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उठाइरहेका छन्। कतिपय भने उनले कार्यकाल पूरा गरिसकेको र व्यक्तिले नभई पद्धतिले संस्था चल्नुपर्ने भन्दै सामाजिक सञ्जालमै कुलमान पुर्ननियुक्तिको विपक्षमा उभिएका छन्।

">