काठमाडौँ। प्रहरी कर्मचारी सरुवा भएर पुगेको युनिटमा एक वर्षसम्म बस्न पाउने गरी सरुवासम्बन्धी मापदण्ड संशोधन भएको छ।
संशोधित मापदण्डअनुसार ढुक्कले एक वर्षसम्म सरुवा भएर पुगेको युनिटमा प्रहरी कर्मचारी बस्न पाउने भएका छन्। यसअघि सरुवा भएर पुगेको केही महिनामै अन्यत्रै सरुवा गरी पठाउने पनि गरिन्थ्यो।
प्रहरी प्रधान कार्यालय नक्सालले संशोधित मापदण्डलाई कार्यान्वयन गर्न थालेको छ। २०६९ सालमा बनेको प्रहरी कर्मचारी सरुवासम्बन्धी मापदण्ड ८ वर्षपछि संशोधन गरिएको हो।
आर्थिक विवादमा मुछिएको अवस्थामा भने एक वर्ष नपुगेपछि फिर्ता बोलाउन सकिने प्रावधान मापदण्डमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यससँगै इन्चार्ज भएपछि अर्कोपटक इन्चार्जमा जान नदिने, जागिरको अन्तिम चरणमा प्रहरी अधिकृतलाई इन्चार्ज नदिने, शान्ति सेनाबाट फर्किएलगत्तै इन्चार्ज नदिने र भर्खरै तालिम सकेका प्रहरीलाई कम्तीमा एक वर्षसम्म नेतृत्व नदिने प्रावधान संशोधित मापदण्डमा उल्लेख छ।
प्रहरी नायब उपरीक्षकलाई पनि बढुवा भएको एक वर्षपछि मात्रै इन्चार्ज दिइने उक्त मापदण्डमा उल्लेख छ।
" /> काठमाडौँ। प्रहरी कर्मचारी सरुवा भएर पुगेको युनिटमा एक वर्षसम्म बस्न पाउने गरी सरुवासम्बन्धी मापदण्ड संशोधन भएको छ।संशोधित मापदण्डअनुसार ढुक्कले एक वर्षसम्म सरुवा भएर पुगेको युनिटमा प्रहरी कर्मचारी बस्न पाउने भएका छन्। यसअघि सरुवा भएर पुगेको केही महिनामै अन्यत्रै सरुवा गरी पठाउने पनि गरिन्थ्यो।

">