काठमाडाैँ। सस्तोमा डलर साटिदिन्छु भन्दै एक युवकलाई ठगेको अभियोगमा मङ्गलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सूर्यविनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटिदिन्छु भन्दै उनीहरूले ५ लाख रूपैयाँ ठगेको प्रहरी प्रधान कार्यालयले मङ्गलबार जनाएको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्।
नगद लुटी भक्तपुर नगरपालिका–१० कमलविनायक बसपार्कबाट फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट नगद ३ लाख ३१ हजार रूपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
" /> काठमाडाैँ। सस्तोमा डलर साटिदिन्छु भन्दै एक युवकलाई ठगेको अभियोगमा मङ्गलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।सूर्यविनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटिदिन्छु भन्दै उनीहरूले ५ लाख रूपैयाँ ठगेको प्रहरी प्रधान कार्यालयले मङ्गलबार जनाएको छ।

">