काठमाडौं। डलर साट्ने काममा अपरिचितको विश्वासमा पर्दा भक्तपुरमा आज एक पुरुष ५ लाख रुपैयाँ ठगिएका छन्।
सूर्यविनायक नगरपालिका आदर्श चोक बस्ने दोलखाको जुगु गौरी शंकरका स्थायी वासिन्दा ती पुरुषलाई दुई अपरिचत व्यक्तिले झुक्याएर नगद ५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
केन्द्रिय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार कमलविनायकस्थित नगरकोट बसपार्कनजिक उनी ठगिएका थिए। दुई अपरिचित व्यक्तिले डलर साट्ने भनेर प्लास्टिकमा राखेर रुमालमा पोको पारेर राखिएको कागजको बिटो दिएर उनीसँग भएको ५ लाख रूपैयाँ लिएर फरार भएका थिए।
प्रहरीले ठगी घटनाका पीडितको परिचय खुलाएको छैन। ठगेर फरार हुनेहरूको खोजी जारी रहेको जनाइएको छ।