खुकुरी प्रहार गरी श्रीमान्‍को हत्या गर्ने महिला पक्राउ <p>काठमाडौं।&nbsp;दोलखाको शैलुङ गाउँपालिकाकी एक महिलालाई आफ्नै श्रीमानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ।</p> <p>शैलुङको मनागाउँ निवासी ५२ वर्षीय&nbsp;पति हस्तनारायण श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षे दुर्गामाया श्रेष्ठलाई पक्राउ गरेको हो।</p> <p>प्रहरीले जनाएअनुसार घरायासी बादबिवादको क्रममा दुर्गामायाले एक्कासी धारिलो खुकुरी प्रहार गर्दा हस्तनारायणको घटनास्थलमै मृत्यु भएको थियो।</p> <p>प्रहरीले दूर्गामायालाई एकथान खुकुरी र एक थान कोदालोसहित पक्राउ गरेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्