कोरोनाको विश्वव्यापी महामारीका बीच हामी सबैले पूरा ६ महिना घरभित्र नै थुनिएर बितायौं। धेरै अप्ठ्यारो परिस्थितिबीच पनि संयमित हुँदै, सरकारले गरेका हरेक निर्देशनको पालना गर्दै उच्च सतर्कताका साथ हामीले कोरोना प्रकोपको सामना गरिरह्यौं।
महामारीको यो अत्यासलाग्दो समयमा धेरै नराम्रा घटनाहरू हामीले भोग्नुपर्यो। भोक, रोग अनि शोकका कहालीलाग्दा घटनाहरू बाहिरिएका छन्। गरिबीको रेखामुनि रहेका जनताका आँसुहरूले स्नेही र उदार मनका मावनहरूको मन पगालेको पनि देखियो। देशभित्र र बाहिर रहेका उपकारी मनका नेपालीहरू देशमा रोग र भोकसँग संघर्ष गरिरहेका आफन्तको पीडामा सहयोगी बनेको पनि देखियो।
नेपालमा खास गरी पछिल्लो सात महिनामा मौलाएको कोरोना भाइरसको महामारीले प्रभाव नगरेको कुनै त्यस्तो क्षेत्र बाँकी रहेन। तथापि हामी जनताले सकारात्मक सोचका साथ धैर्य कायम राखिराख्यौँ। महामारी एक दिन हटेर जानेछ भन्ने विश्वास टुटन दिएनौँ। अहिले पनि हामी जनताले त्यो सकारात्मक सोच र विश्वास कायम राखेका छौँ। हाम्रो सोच्ने सकारात्मक तरिका एक ठाउँमा होला, तर यो महामारीबाट कहिले पूर्ण रूपमा मुक्ति पाइने हो भन्नेमा कोही पनि प्रष्ट छैन। विश्वभरका वैज्ञानिकहरू अध्ययन र अनुसन्धानमा युद्धस्तरमा जुटेका छन्, तर अहिलेसम्म कुनै भेउ पाउन सकिएको छैन।
महामारी झन् उत्कर्षतिर लाग्दै छ। तर, आर्थिक गतिविधि सुचारु गराउनका लागि बिस्तारै सबैखाले गतिविधिहरू सुचारु हुन थालेका छन्। क्रमशः सबै खाले व्यवसाय पुरानो गति समात्ने प्रयास गरिरहेका छन्। समाजमा कहीँ कतै त कोरोना महामारी सकिएजस्तो मानसिकता देखिन थालेको छ।
सबै पेशा र व्यावसायसँगै महामारीका कारण विद्यालय जस्तो संवेदनशील क्षेत्र पनि ६–७ महिनादेखि सिथिल थिए, अहिले पनि छन्। सात महिनादेखि विद्यालयहरूमा लागेका ताला खुलाउने क्रम अहिले सुरु हुन लागेको छ। सुरक्षाका सम्पूर्ण उपायहरू अवलम्बन गर्दै सावधानीका साथ विखलय सञ्चालन गर्नुपर्ने आवाज उठिरहँदा एउटा प्राथमिक विद्यालय सञ्चालक तथा स्वास्थयकर्मीको परिवार भएको नाताले चुप बस्न मन मानेन। मानव स्वास्थ्य, अझ खास गरी बालबालिकाको स्वास्थ्यभन्दा ठूलो अरु केही नहुने देखेर केही लेख्ने जमर्को गरेको हुँ।
संक्रमणको पछिल्लो तथ्याङ्क हेर्दा कोरोना भर्खर समुदायमा पुगेको हो कि जस्तो देखिन्छ। धेरै अस्पतालमा कोरोनाका बिरामीहरूले उपचार कक्ष भरिएका छन्। अधिकांश स्वास्थ्यकर्मी तथा तिनका परिवारहरू सङ्क्रमित हुने क्रमको थालनी भएको छ। एउटै परिवारका धेरै सदस्यहरू सङ्क्रमित हुनु पक्कै पनि राम्रो लक्षण होइन।
यस्तो परिस्थितिमा तत्कालै चाडवाडको समय नजिकिइरहँदा धेरै चहलपहल हुन सक्ने बेलामा स्थानीय सरकारहरूले धमाधम निजी विद्यालयलाई उनीहरूकै जिम्मामा खुलाउने स्वीकृति दिनु के उचित छ? हुन त कोरोना र यस्तै धेरै सुक्ष्मजीवहरूसँग हामी जन्मँदै साक्षात्कार हुँदै आएका हौँ र सँगसँगै अगाडि बढ्ने कोशिस गर्नु राम्रो होला। तर ७ महिना विद्यालय जान नपाएका विद्यार्थीलाई अर्को एक महिना घर बस्दा कुनै आकाश खस्ने चाहिँ होइन। बालबालिकाहरूले वैकल्पिक माध्यमबाट केही न केही सिकिरहेकै थिए। यस्तो विषम अवस्थामा घरपरिवार र समाजबाट पनि बालबालिकाले धेरै कुरा सिक्दै थिए, जुन अत्यन्तै नै महत्त्वपूर्ण कुरा हो।
अहिले म र मेरो परिवार आफै कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेका छौँ। हाम्रो छ जनाको परिवारमा सात वर्षकी छोरी र १३ वर्षका छोरासहित पाँच जनामा सङ्क्रमण देखिएको छ। घरको मुली बुबालाई अन्यत्रै बास बस्न पठाएर परिवारका बाँकी हामी पाँचजना घरमै आइसोलेसनमा बसेका छौँ। श्रीमान् स्वास्थ्यकर्मी डाक्टर भएकाले भाइरससँग जुध्न आँट अलि बढेको छ, तथापि हामी भयमुक्त भने छैनौं।
मैले यी कुरा लेखेर समाजलाई आतङ्कित बनाउन खोजेको होइन। तर, महामारीलाई हलुका रूपमा लिएर निस्फिक्री नहुनका लागि सावधानी अपनाउन अनुरोध गर्न खोजेको हुँ। यस्तो विषम परिस्थितिमा हामीले संयमित भएर समस्यासँग जुध्ने हो, जुन गरिरहेका पनि छौँ। महामारीलाई परास्त गर्नका लागि सरकार वा अरू कुनै एक पक्षको प्रयास मात्र पर्याप्त पक्कै पनि हुँदैन। यसका लागि सम्पूर्ण आम नागरिकका साथै सबै पेशाकर्मी पनि जिम्मेवार र सावधान हुनु जरुरी छ।
महामारीसँग जुध्ने यही जिम्मेवार प्रयासस्वरूप मलगायत हाम्रो विद्यालय टिमले दसैँ–तिहारअघि विद्यालय नखोल्ने निर्णय गरेका छौँ। हामीले स्थानीय सरकारलाई अटेर गरेर यो निर्णय गरेका होइनौँ। मात्र, हाम्रा साना बाबुनानीहरूको स्वास्थप्रतिको जिम्मेवारी निर्वाह गर्न नसकिएला कि भन्ने स्थिति देखेर गरिएको अत्यन्तै सुझबुझपूर्ण निर्णय हो।
आफ्ना नानीबाबुहरूलाई छिट्टै विद्यालय पठाउन पाउने आशामा रहनुभएका अभिभावकहरू यसमा निराश हुनु पर्दैन। सन्तानभन्दा ठूलो सम्पति केही हैन। साना नानीहरूलाई विद्यालय जान अलि ढिलो भए पनि उनीहरूको सिकाइ प्रभावित हुन्न। झन्, घरपरिवार र समाजबाट मानवीय मूल्यमान्यताजस्ता अमूल्य सिकाइ अहिले उनीहरूले पाइरहेका छन्। बालबालिकाको सिकाइलाई प्रभावकारी बनाऔँ, घरबाटै उनीहरूलाई संस्कार सिकाएर असल नागरिक बन्ने बाटोमा अघि बढाऔँ। औपचारिक शिक्षा महामारी बिदा भएपछि विद्यालय पठाएर दिलाउन सकिन्छ।
अन्तमा, स्वस्थ रहौँ, सुरक्षित रहौँ। स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
लेखिका कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीस्थित सप्तऋषि पाठशालाकी सञ्चालिका हुन्।
" /> कोरोनाको विश्वव्यापी महामारीका बीच हामी सबैले पूरा ६ महिना घरभित्र नै थुनिएर बितायौं। धेरै अप्ठ्यारो परिस्थितिबीच पनि संयमित हुँदै, सरकारले गरेका हरेक निर्देशनको पालना गर्दै उच्च सतर्कताका साथ हामीले कोरोना प्रकोपको सामना गरिरह्यौं।महामारीको यो अत्यासलाग्दो समयमा धेरै नराम्रा घटनाहरू हामीले भोग्नुपर्यो। भोक, रोग अनि शोकका कहालीलाग्दा घटनाहरू बाहिरिएका छन्। गरिबीको रेखामुनि रहेका जनताका आँसुहरूले स्नेही र उदार मनका मावनहरूको मन पगालेको पनि देखियो। देशभित्र र बाहिर रहेका उपकारी मनका नेपालीहरू देशमा रोग र भोकसँग संघर्ष गरिरहेका आफन्तको पीडामा सहयोगी बनेको पनि देखियो।

">