ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु <p>काठमाडौं।&nbsp;नवलपरासी पूर्वमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।&nbsp;</p> <p>सोमबार राति कावासोती नगरपालिकाको हसौरास्थित सडकमा आफै चढेको ना. ४ त. १२८४ नम्बरको ट्रयाक्टरबाट खसेका २३ वर्षे खिमबहादुर सारु मगरको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>केन्द्रिय प्रहरी समाचार कक्षले जनाएअनुसार ट्रयाक्टरबाट लडेर घाइते भएका मगरलाई तत्कालै उपचारार्थ चितवनस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो। गम्भीर अवस्थामा अस्पताल पुर्&zwj;याइएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।&nbsp;</p> <p>प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्