साइकल चढेर खैरो हेरोइन ओसार पसार
<p>काठमाडौं। साइकल चढेर लागु औषध ओसार पसार गरिरहेको अवस्थामा विराटनगरमा एक वृद्ध पक्राउ परेका छन्।</p>
<p>जिल्ला प्रहरी कार्यालय मोरङ तथा लागु औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले ५ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिकाको दरैया निवासी ६१ वर्षे रामु मण्डललाई पक्राउ गरेको हो।</p>
<p>सोमबार राति सडकमा जाँच गर्ने क्रममा साइकलमा सवार मण्डलको साथमा उक्त लागु औषध फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
