संयुक्त राष्ट्रसंघको अनुमानमा १५ वर्षमा अफ्रिकी मुलुकहरूबाट अवैध रूपमा ८३० अर्ब डलर बाहिरिएको
• यसरी अवैध रूपमा बाहिरिन रोक्न सकिए अफ्रिकाको विकासमा अभूतपूर्व प्रगति हुनसक्ने अध्ययनको निचोड
• अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन्।

अफ्रिकाबाट १५ वर्षमा अवैध रूपमा ८.३० खर्ब डलर बाहिरिएको अनुमान
जेनेभा। संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार यस शताब्दीको सुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरूबाट अवैध रूपमा ८३० अर्ब डलर बाहिरिएको छ। यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ।

अवैध रूपमा यो रकम बाहिरनबाट रोक्न सकिए अफ्रिकी मुलुकहरूमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ।

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड)का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अवैध वित्तीय प्रवाहलाई विशेष रूपमा जोड दिइएको छ। प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ। अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्नेजस्ता अनेक समस्या छन्।

सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रति वर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ। तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ।

अन्कटाडका महासचिव मुखिसा किटुयीले भनेका छन्, “गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाङ्क्षामाथि नै खेलवाड गरेको छ। पारदर्शिता र जवाफदेहितालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोसामा तुषारापात भएको छ।”

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अवैध रूपमा करिब ८३६ अर्ब डलर बाहिरिएको जनाएको छ।

अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ र यो रकम विशेष गरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो। अवैध रूपमा रकम बाहिरिएका मुलुकहरूमा मुख्य रूपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन्।

अवैध रूपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याइ छ।

अन्तर्राष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अबैध रुपमा रकम विदेशिने क्रम रोकिने पनि अन्कटाडले जनाएको छ।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्