कालीमाटीका प्रहरीलाई आचार संहिता र मानव अधिकारको प्रशिक्षण
<p>काठमाडौं। नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई आचार संहिता र मानव अधिकार तथा कोरोना भाइरस महामारीसम्बन्धी प्रशिक्षण दिन थालेको छ। </p>
<p>महानगरीय प्रहरी प्रहरी वृत्त कालिमाटीले काठमाडौंका ५० प्रहरी कर्मचारीलाई हिजो यस्तो प्रशिक्षण दिएको छ। प्रहरीले जनाएअनुसार यस्तो प्रशिक्षण चरणबद्ध रूपमा अन्य स्थानमा पनि नियमित गरिनेछ।</p>
<p>महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले प्रहरी आचार संहिता र मानव अधिकार तथा कोरोना भाइरससम्बन्धी चेतनामुलक प्रशिक्षण गराएको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
