फाइल फोटो।
उपत्यकामा दैनिक ४० हजार यात्रुको आवतजावत, नाकामा कडाइ
काठमाडौं। आज सोमबार २० हजारभन्दा बढी यात्रुले काठमाडौंतर्फ ओहोर-दोहोर गरेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २० हजारभन्दा बढी यात्रुले उपत्यका छाड्दा १९ हजार ९०० यात्रु उपत्यका भित्रिए।

महाशाखाले ४ हजार ६९८ वटा सवारीसाधनमार्फत २० हजार यात्रु उपत्यकाबाट बाहिरिएको बताएको छ। यस्तै, सोही अवधिमा यात्रुहरुले उपत्यका छाड्न ४ हजार ६९८ वटा सवारीको प्रयोग गरेका छन्।

पछिल्लो समय उपत्यका भित्रिने र बाहिरिने यात्रु र सवारी साधानको चाप बढ्दा काठमाडौंका तीन वटा जिल्लामा भिडभाड बढ्न थालेको छ।

भिडभाड बढ्न थालेपछि ट्राफिक प्रहरीले आजदेखि चेकजाँचमा कडाई गरेको छ।

प्रतिक्रिया दिनुहोस्