मोटरसाइकलसहित १९ किलो गाँजा बरामद
<p>काठमाडौं। सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ।</p>
<p>सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका-४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो।</p>
<p>गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए।</p>
<p>तस्करले प्रयोग गरेको को२९प १४८७ नं को मोटरसाइकलसमेत बरामद भएको उनले बताए। बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाई छ।</p>
प्रतिक्रिया दिनुहोस्
