महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्याले दिमाग हल्लाएको गुटिरेजको भनाइ।
  • भाइरसविरुद्ध लड्न सबै देश तमाम असमझदारी पन्छाएर एकजुट हुनुपर्ने।
  • ">
    कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रसंघका महासचिवको आह्वान <p>एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजले कोरोना भाइरसको महामारीका कारण विश्&zwj;वभर मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेकोमा दुःख व्यक्त गर्दै यसको विरुद्ध सबैजना एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।</p> <p>महामारीबाट मृत्यु हुनेको संख्याले &lsquo;दिमाग हल्लाउने&rsquo; बताउँदै उनले भाइरसविरुद्ध लड्नका लागि सबै देशहरूलाई एकजुट हुन आह्वान गरे।</p> <p>&ldquo;जिम्मेवार नेतृत्वले आवश्यक हुन्छ, विज्ञानको अर्थ हुन्छ, सहकार्य आवश्यक हुन्छ र गलत सूचनाले मृत्युदर झन् बढाउँछ,&rdquo; गुटिरेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, &ldquo;हामीले धेरै आफन्त गुमाइसकेका छौं। हाम्रो भविष्य अब हाम्रै सहकार्यमा निर्भर छ। अहिले पूरा विश्&zwj;व तमाम असमझदारी पन्छाएर भाइरसविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने बेला हो।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्