काठमाडौं। बढ्दो अन्यौलताका कारण यसपटकको दसैँमा अग्रिम टिकट बुकिङ नखोल्ने पक्षमा यातायात व्यवसायीहरू देखिएका छन्।

सक्रिय सङ्क्रमितको संख्या २५ हजार पुगेपछि फेरी लकडाउन हुने हल्ला चलेपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ नगर्ने पक्षमा देखिएका हुन्।

नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकट लिइसकेपछि लकडाउन हुने सम्भावना रहेको बताए।

“यतिबेला कोरोना कहर चलिरहेको छ। यहीबेला यात्रुसँग कसरी अग्रिम टिकट लिने?,” उनले भने, “फेरी सरकारले ५० प्रतिशत क्षमतामा मात्रै बस चलाउनुपर्ने भनेको छ।”

उनले सरकारले भनेजस्तै ५० प्रतिशत क्षमतामा यात्रु बोक्न नसकिने बताए। ६ महिनादेखि ग्यारेजमा थन्किएका बसलाई झिकेर १५ जना मान्छे बोक्न नसकिने उनीहरुको भनाइ छ।

अरनिको यातायातका अध्यक्ष चित्रबहादुर कुँवरले पनि एकतर्फ यात्रु बोक्न पर्ने दसैँमा १५ सिट यात्रु बोक्न नसकिने बताए। “दसैँमा काठमाडौंबाट लिएर जाने मात्रै हो” उनले भने, “बाहिरबाट आउने मान्छे हुँदैनन्।”

खास गरी, सरकारले ५० प्रतिशत भाडा बढाउने र ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले सार्वजनिक यातायात सञ्चालकलाई समस्या पर्ने कुवरको भनाइ छ।

प्लेनमा कोरोना सर्दैन?

सरकारले हवाइ कम्पनीहरूले पूर्ण क्षमतामा उडान भर्न पाउने व्यवस्था गरेको छ। तर, सडक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गर्दा व्यवसायीहरू असन्तुष्ट बनेका छन्।

महासंघका महासचिव सिटौलाले प्लेन चल्ने स्थानका मानिसहरू प्लेनमार्फत् नै घर फर्किने सम्भावना रहेको बताए। उनले भने, “प्लेन नचल्ने १५÷२० जिल्लामा मात्रै गाडी चलाउन सक्ने अवस्था छ।”

सरकारले उड्दा कोरोना नलाग्ने र गुड्दा कोरोना लाग्छ भन्ने मानसिकता बोकेको व्यवसायीहरूको आरोप छ। सवारी साधनले पनि प्लेनको जस्तै स्वास्थ सुरक्षाका मापदण्ड अपनाउने उनीहरूले बताए।

साथै यसपटक उपत्यकाबाट बाहिरिने मानिसहरूको सङ्ख्या ५ लाखको हाराहारीमा रहेको व्यवसायीहरुको आँकलन छ। पहिलेदेखि नै उपत्यकाबाट मानिसहरू बाहिरिसकेकाले दसैँमा थोरै मानिस जाने आँकलन उनीहरूले गरेका हुन्।

अघिल्ला वर्षमाहरूमा दसैँको समयमा २० लाखको हाराहारीमा मानिसहरू बाहिरिँदै आएका थिए।

यता, सरकारले भने लामो दूरीको सार्वजनिक यातायात खुलाउन साथ अनलाइन टिकटको व्यवस्था गर्न भनेको थियो।

यातायात व्यवस्था विभागले भने व्यवसायीहरूलाई असोज २० गतेदेखि अग्रिम टिकट बुकिङको प्रस्ताव गरेको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खोल्नका लागि व्यवसायीसँग छलफल भइरहेको जानकारी दिए। “आइतबार पनि हामीले छलफल गरेका थियौँ,” उनले भने, “छलफलमा टिकट बुकिङ खोल्न अुनरोध गरिरहेका छौँ।”

" /> काठमाडौं। बढ्दो अन्यौलताका कारण यसपटकको दसैँमा अग्रिम टिकट बुकिङ नखोल्ने पक्षमा यातायात व्यवसायीहरू देखिएका छन्।

"> दसैँमा अग्रिम टिकट बुकिङ नखोल्ने पक्षमा व्यवसायी, ‘अन्योल अझै कायम छ’: Dekhapadhi
दसैँमा अग्रिम टिकट बुकिङ नखोल्ने पक्षमा व्यवसायी, ‘अन्योल अझै कायम छ’

प्रतिक्रिया दिनुहोस्