काठमाडौं। सत्याग्रही डा. गोविन्द केसीको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई शिक्षण अस्पताल प्रशासनले भित्र पसेर फोटो र भिडिओ खिच्न प्रतिबन्ध लगाएको छ।
चिकित्सा शिक्षामा सुधारसहितका माग राखेर १९औं पटक सत्याग्रह गरिरहेका डा. केसीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डा. केसीको १९औं सत्याग्रहको आज १६औं दिन हो।
१६ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था तथा कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै अस्पताल प्रशासनले कुनै पनि मिडियाका पत्रकारलाई उपचार कक्षमा छिर्न नदिन निर्देशन जारी गरेको बताइएको छ। अस्पतालको उपचार कक्षबाहिर बसेका सुरक्षाकर्मीले पत्रकारलाई छिर्न नदिने आदेश भएको भन्दै ढोकामा रोक्दै आएका छन्।
लामो अनसनका कारण डा. केसीमा स्वास्थ्यसम्बन्धी थुप्रै समस्या आएका छन्। पछिल्ला केही दिनदेखि छाती दुख्ने, श्‍वास फेर्न गाह्रो हुने, रक्तचाप घट्नेलगायतका समस्यासँग डा. केसी जुधिरहेको उनका सहयोगीहरूले बताएका छन्। डा. केसी अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन्। तर उनले मिडियालाई भौतिक दूरी अपनाएर सुरक्षा सतर्कतासहित फोटो तथा भिडिओ खिच्न अनुमति दिएका छन्।
" /> काठमाडौं। सत्याग्रही डा. गोविन्द केसीको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई शिक्षण अस्पताल प्रशासनले भित्र पसेर फोटो र भिडिओ खिच्न प्रतिबन्ध लगाएको छ।
चिकित्सा शिक्षामा सुधारसहितका माग राखेर १९औं पटक सत्याग्रह गरिरहेका डा. केसीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डा. केसीको १९औं सत्याग्रहको आज १६औं दिन हो।
१६ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था तथा कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै अस्पताल प्रशासनले कुनै पनि मिडियाका पत्रकारलाई उपचार कक्षमा छिर्न नदिन निर्देशन जारी गरेको बताइएको छ। अस्पतालको उपचार कक्षबाहिर बसेका सुरक्षाकर्मीले पत्रकारलाई छिर्न नदिने आदेश भएको भन्दै ढोकामा रोक्दै आएका छन्।
लामो अनसनका कारण डा. केसीमा स्वास्थ्यसम्बन्धी थुप्रै समस्या आएका छन्। पछिल्ला केही दिनदेखि छाती दुख्ने, श्‍वास फेर्न गाह्रो हुने, रक्तचाप घट्नेलगायतका समस्यासँग डा. केसी जुधिरहेको उनका सहयोगीहरूले बताएका छन्। डा. केसी अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन्। तर उनले मिडियालाई भौतिक दूरी अपनाएर सुरक्षा सतर्कतासहित फोटो तथा भिडिओ खिच्न अनुमति दिएका छन्।
"> डा. केसीको फोटो तथा भिडिओ खिच्न पत्रकारलाई प्रतिबन्ध: Dekhapadhi १९औं पटक सत्याग्रह गरिरहेका डा. केसीको हाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
• अस्पताल प्रशासनले पत्रकारलाई उपचार कक्षमा गएर डा. केसीको फोटो तथा भिडिओ खिच्न रोकेको छ।
• बोल्न नसक्ने अवस्थामा भए पनि डा. केसीले भौतिक दूरी अपनाएर सुरक्षित तरिकाले फोटो तथा भिडिओ खिच्न अनुमति दिएका छन्।
डा. केसीको फोटो तथा भिडिओ खिच्न पत्रकारलाई प्रतिबन्ध
काठमाडौं। सत्याग्रही डा. गोविन्द केसीको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई शिक्षण अस्पताल प्रशासनले भित्र पसेर फोटो र भिडिओ खिच्न प्रतिबन्ध लगाएको छ।
चिकित्सा शिक्षामा सुधारसहितका माग राखेर १९औं पटक सत्याग्रह गरिरहेका डा. केसीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। डा. केसीको १९औं सत्याग्रहको आज १६औं दिन हो।
१६ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था तथा कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै अस्पताल प्रशासनले कुनै पनि मिडियाका पत्रकारलाई उपचार कक्षमा छिर्न नदिन निर्देशन जारी गरेको बताइएको छ। अस्पतालको उपचार कक्षबाहिर बसेका सुरक्षाकर्मीले पत्रकारलाई छिर्न नदिने आदेश भएको भन्दै ढोकामा रोक्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्