रूकुमपूर्व। रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।
कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो।
प्रदान गरिने स्वास्थ्य सामग्रीमा सेनिटाइजर, मास्क र हात धुने साबुन रहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन्।
गाउँपालिकाका १४ वटा वडाले एक-एक लाख जम्मा गरी १४ लाख रूपैयाँमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
ती स्वास्थ्य सामग्री विद्यालयमा शिक्षक, शिक्षिका र विद्यार्थीले प्रयोग गर्नेछन्। यही असोज १ गतेबाट विद्यालय खालेको गाउँपालिकाले विद्यार्थीको नियमित पठनपाठनलाई अगाडि बढाउन थालेको छ।
विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो। सोही निर्णयानुसार नै अहिले स्वास्थ्य सुरक्षाका मापदण्डपालन गर्दै विद्यालय खोलेको गाउँपालिकाका उपाध्यक्ष शाहीले बताइन्।
प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई अनिवार्यरूपमा कोरोना फोकल पर्सन (स्रोत व्यक्ति) तोकेर जिम्मेवारी दिनुपर्ने व्यवस्था गरिएको छ।
ती स्रोत व्यक्तिले आफ्नो विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र कोही बिरामी भएमा तत्कालै गाउँपालिकालाई जानकारी गराउनुपर्ने निर्णय गरिएको उपाध्यक्ष शाहीको भनाइ छ।
गाउँपालिकाभर अहिले ४४ वटा विद्यालय छन्।
गाउँपालिकाको केन्द्र नजिकै रहेका तीनवटा विद्यालयमा भने तत्कालै पठनपाठन सञ्चालन नगरिने उपाध्यक्ष शाहीले बताइन्।
ती विद्यालय क्वारेन्टिनको रूपमा प्रयोग भएकाले केही समय पछाडि मात्र त्यहाँ पठनपाठन सञ्चालन गरिने उपाध्यक्ष शाहीकाे भनाइ छ। रासस
" /> रूकुमपूर्व। रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ।

">