काठमाडौं। भारतीय अर्बपति अनिल अम्बानीको जीवनको उतारचढाव सुन्दा जोकोहीलाई पनि अपत्यारिलो लाग्न सक्छ। एकजना मानिसको जिन्दगीमा यतिविघ्न ज्वारभाटा आउँछ र !
उनले कुनै समय आफ्नी पत्नीको जन्मदिनमा जहाज नै उपहार दिए। कहिले करोडौं पर्ने कार दिए त कहिले करोडौंको हिरामोती दिए।
कुनै समय यिनी संसारकै धनीमध्ये छैठौं नम्बरमा पर्थे। आफ्नै दाजु मुकेश अम्बानीबीच को अधिक धनी हुने भन्ने विषयमा प्रतिस्पर्धा चल्थ्यो। उनका पछाडि संसारका धनी मानिस घुम्थे। बैंक तथा वित्तीय संस्थाहरु अनिलसँग कारोबार गर्न पाउँदा आफ्नो कम्पनी धन्य भएको सम्झन्थे।
राजनीतिक दलहरु उनलाई पार्टीमा भित्राउन पाउँदा गर्व गर्थे। त्यसैले त उनलाई भारतको राज्य सभाको सभासद् पनि बनाइयो। भारतको ठूलो कम्पनी रिलायन्स ग्रुपको उनी मालिक थिए। के मात्र गर्दैनथ्यो रिलायन्सले ! पूर्वाधार, ऊर्जा, सञ्चार, स्टक, शिक्षा आदि। बहुराष्ट्रिय स्तरका बहुकम्पनी रिलायन्स।
सञ्चारमाध्यममा कहिले उनका व्यवसाय त कहिले उनले गर्ने क्रियाकलापका समाचारले प्रमुख स्थान ओगट्थे। उनको अनुहारको चमक कतिपय म्यागजिनका लागि मुखावरण बन्थ्यो। उनले नपाएको व्यवसायसँग जोडिएको पुरस्कार र सम्मान सायदै बाँकी होला !
समय कहाँ सधैं एकैनासको रहँदो रहेछ र ! तिनै खर्बपति अनिल अहिले आफू पूर्णतः टाट पल्टिएको बताइरहेका छन्। उनको व्यवसायमा आएको यस्तो अकल्पनीय गिरावटलाई लिएर मानिसहरु अनेक शंका-उपशंका गरिरहेका छन्। के साँच्चै ६१ वर्षीय अनिल टाट पल्टिएकै हुन् त ? बम्बईमा जन्मिएका यी बिजनेस टाइकुनमाथिको प्रश्न उनको देश भारतमा मात्रै होइन अन्यत्र पनि उठिरहेको छ।
ऋणको भासमा डुबिरहेका अनिलको संकट अहिले थप गहिरिएको छ। तीन वटा चिनियाँ बैंकहरूले अनिलको विदेशमा रहेका सबै सम्पत्ति जफत गरेर आफ्नो लगानी असुल्ने फैसला गरेका छन्। यी बैंकहरूले अनिलका कम्पनीलाई करिब ५२७६ करोड (भारु) ऋण दिएका थिए।
इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना, एक्सपोर्ट-इम्पोर्ट बैंक चाइना र चाइना डेभलपमेन्ट बैंकले आफूले दिएको ऋण उठाउन बैंकका अधिकारीहरुलाई निर्देशन दिएका हुन्। अधिकारीहरुले अनिलको विभिन्न देशमा रहेका सम्पत्तिबाट लगानी असूल गर्ने प्रयास गर्ने छन्।
यसअघि बेलायतको अदालतले मे २२ मा चिनियाँ बैंकको ऋणका साथै कानुनी शुल्कसमेत तिर्न अनिललाई आदेश दिएको थियो। जुन महिनासम्म उक्त रकममा ब्याजसमेत बढेर ५२८१ करोड पुगेको थियो।
ऋण तथा अन्य आर्थिक मामिलामा शुक्रबार बेलायती अदालतमा भएको सुनुवाइका क्रममा अनिलले आफूसँग केही पनि बाँकी नरहेको र गुजाराका लागि पत्नीको गहना बेच्दै आएको बताएका थिए। उता, ऋणदाता बैंकका कानुनी सल्लाहकार भने अनिलको भनाइमा सत्यता नरहेको जिकिर गरिरहेका छन्।
चिनियाँ बैंकका वकील थाङ्की क्युसीले सोही दिन अदालतसमक्ष अनिलले ऋणदाता बैंकहरुलाई एक पैसा पनि नतिर्नका लागि अनेक कोसिस गरिरहेको बताएका थिए।
अनिलको त्यस्तो भनाइ आएपछि बैंकका अधिकारीहरु उनका सबैखाले र जहाँसुकै भएको सम्पत्ति जफत गर्ने निर्णयमा पुगेका हुन्। वकील क्युसीले भने, ‘‘हामी आफ्ना अधिकारको पूर्ण उपयोग गर्ने छौं र सबैखाले कानुनी विकल्प अपनाएर रकम असूलीमा लाग्ने छौं।’’
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। भारतीय अर्बपति अनिल अम्बानीको जीवनको उतारचढाव सुन्दा जोकोहीलाई पनि अपत्यारिलो लाग्न सक्छ। एकजना मानिसको जिन्दगीमा यतिविघ्न ज्वारभाटा आउँछ र !उनले कुनै समय आफ्नी पत्नीको जन्मदिनमा जहाज नै उपहार दिए। कहिले करोडौं पर्ने कार दिए त कहिले करोडौंको हिरामोती दिए।

">