ताप्लेजुङ। होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यकरूपमा मादकपदार्थ सेवन गरेर हो-हल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
गत असोज १० गते पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
पक्राउ परेका दुवैजनाको नाम भने गोप्य राखिएको छ। रासस
" /> ताप्लेजुङ। होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यकरूपमा मादकपदार्थ सेवन गरेर हो-हल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

">