काठमाडौं। बेलायतले संसारमै पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने यात्रु जहाजको सफल उडान गरेको छ। यो जहाज ब्रिटिस एरोस्पेस स्टार्टअप कम्पनी जेरोएभियाले निर्माण गरेको हो।
यो जहाजको उडानलाई विश्वमै विमान उद्योगका लागि महत्वपूर्ण कदम मानिएको छ। विशेषज्ञहरू यस्तो जहाजको उपयोगले वायु प्रदूषण नियन्त्रण हुने र जैविक इन्धनमा भर पर्ने क्रम घट्ने बताउँछन्।
जेरोएभियाको ६ सिट भएको पाइपर एम-एस यात्रु विमान लन्डनको उत्तरी क्षेत्रको लगभग ५० माइल टाढा रहेको क्रेनफिल्ड विमानस्थलमा कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट साइटमा उडान गरिएको थियो। उडानका क्रममा विमानमा हाइड्रोजन इन्धन हालिएको थियो। यस्तो इन्धनकै सहारामा उक्त विमानले उड्ने र अवतरण गर्ने काम गरेको थियो।
हाइड्रोजन इन्धनबाट चल्ने विमानले व्यावसायिक (यात्रुसहित) उडान गरेको संसारमै पहिलो घटना भएको कम्पनीको दाबी छ। कम्पनीका सीईओ वेल मिफ्तखोभ भन्छन्, ‘‘पहिला पनि हाइड्रोजन इन्धनबाट जहाज चलाउने प्रयास भएको थियो। तर व्यावसायिक रुपमा यात्रु राखेर हाइड्रोजन इन्धनको भरमा विमान चलाएको यो पहिलो अवसर हो।’’
जेरोएभियाको पहिलो हाइड्रोजन फ्लाइट हाइफ्लायर प्रोजेक्टको एक हिस्सा हो। यो प्रोजेक्टमा थुप्रै कम्पनी सहभागी छन्। यसलाई बेलायत सरकारले पनि मध्यम श्रेणीको थोरै यात्रु राख्ने विमानलाई डिकार्बोनाइज गर्ने उद्देश्यसहित समर्थन गरेको छ। गत जुन महिनामा पाइपर एम-एसले ब्याट्रीबाट चलाउनका लागि परीक्षण उडानसमेत गरेको थियो।
कम्पनीका अनुसार २०२१ को अन्त्यसम्ममा यो विमानको उडान क्षमता बढाएर अढाई सय माइल पुर्याइने छ। त्यसपछि यो विमान प्रमुख शहर न्युयोर्कबाट बोस्टन र लसएन्जेलसबाट सानफ्रान्सिस्कोबीचको लोकप्रिय हवाईमार्गमा उडान गर्न सक्षम हुने कम्पनीको भनाइ छ।
(एजेन्सी)
" /> काठमाडौं। बेलायतले संसारमै पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने यात्रु जहाजको सफल उडान गरेको छ। यो जहाज ब्रिटिस एरोस्पेस स्टार्टअप कम्पनी जेरोएभियाले निर्माण गरेको हो।यो जहाजको उडानलाई विश्वमै विमान उद्योगका लागि महत्वपूर्ण कदम मानिएको छ। विशेषज्ञहरू यस्तो जहाजको उपयोगले वायु प्रदूषण नियन्त्रण हुने र जैविक इन्धनमा भर पर्ने क्रम घट्ने बताउँछन्।

">