करिब २५ वर्षअघि एसएलसी पास भएर काठमाडौं पढ्न आउँदा मलाई सबैभन्दा बढी डर लाग्ने विषय थियो ‘परिचय’।
काठमाडौंका रैथानेहरू हामीलाई ‘बाल’ दिन्थेनन् र कहीँकतै कसैसँग केही कुरा भयो भने नाम सोध्थेनन्।
‘तपाईंको परिचय ?’ यही प्रश्न तेर्सिन्थ्यो र म चुपचाप बस्थेँ। किनकी मेरो नाम त थियो, तर परिचय थिएन।
मसँग केवल नाम थियो। र, म त्यो नामसँग पनि सन्तुष्ट थिइनँ। किनकी त्यो नाम सायद कुनै पण्डितले राखिदिएका थिए। र, त्यो नामलाई प्रमाणित गर्ने चुनौती थाम्ने हिम्मत मसँग थिएन या अझै भनौं त्यो रहर नै थिएन।
मेरो बुझाइ थियो, जसले नाम राख्छ उसैले त्यसलाई प्रमाणित गर्नुपर्छ। मैले राख्दै नराखेको नाम मैले किन प्रमाणित गर्ने? त्यतिबेला यसको सानो बहसस्वरूप मेरो नाम म आफैं राख्छु भनेर प्रयास पनि गरेको थिएँ। तर, मेरो जवाफको तगारो बनेका थिए ढालमान सिंह हुन् या ढालबहादुर अलिक दुविधा भो अहिले सम्झन खोज्दा।
नेपाल प्रहरीका ठूलै पद, अधिकृत थिए। रेडियोमा उनको नाम खुबै सुनिन्थ्यो। अनि मलाई भनियो- ‘देखिस् मान्छे ठूलो भएपछि जस्तो नाम पनि राम्रो सुनिन्छ।’ मसँग जवाफ त थिएन, तर सोचेँ त्यसो भए मेरो नाम ‘कन्डम चपाईं’ किन नराखेको?
जसले नाम राख्छ त्यो नाम प्रमाणित गर्ने चुनौती पनि उसैको हो। अब म जन्मनेबित्तिकै मेरो नाम राख्ने त कुरै भएन। तर पनि त्यतिबेला एसएलसीको फाराम भर्दा आफूले चाहेजसरी नै नाम र जन्म मिति राख्न सकिन्थ्यो।
म १५ वर्ष नपुगेकोले एसएलसी दिनका लागि तीन महिना उमेर बढाएको थिएँ। मेरो उमेर बढाउन मिल्ने र नाम पनि नयाँ राख्ने मिल्ने अवस्थामा उमेर चाहिँ बढाइयो तर नाम परिवर्तन किन गर्न नमिल्ने? म त भन्छु, अझै पनि नाबालिग हुँदासम्मको नाम सुरक्षित होस्। र, म त्यतिबेला आफ्नै नामको खोजीमा थिएँ जुन नामलाई प्रमाणित गर्ने चुनौती म स्वयम् लिन सकूँ।
आज २५ वर्षपछि पनि म त्यही परिचयकै खोजीमा छु। काँचको दुनियाँमा फेसबुकमा आएको ‘फ्रेन्ड रिक्वेस्ट’ (साथी बन्न अनुरोध), देखेपछि म अझै पनि तर्सिन्छु। मेरो परिचय? अहँ मसँग छैन।
मलाई सोध्छन् तपाईं कहाँको? टीकापुर कैलालीको भन्ने हिम्मत मसँग रहँदैन। किनकी यदि त्यो भनेँ भने, टीकापुरको फलानोलाई चिन्नुहुन्छ? टीकापुर तपाईंको घर कहाँनिर? यस्तै प्रश्नहरू आउँछन्। र, म त्यसको उत्तर दिन असमर्थ हुन्छु।
किनकी टीकापुर छाडेको त २७ वर्ष भयो र टीकापुरमा मेरो जम्मा बाल्यकालका पाँच वर्ष बिते। मेरो परिचय कसरी टीकापुरको हुन सक्छ?
म त्यसपछि केही पटक टीकापुर गए हुँला, तर रैथाने भन्दा पनि पाहुना बनेर। अहँ, टीकापुरलाई मेरो परिचय भन्ने कुनै अधिकार देख्दिनँ म। त्यो मेरो परिचय हुँदै होइन। त्यहाँका बाटा, बुट्यान, ढुंगा र खोलासँग मेरो साइनो त होला, तर के त्यो साइनोलाई बाँधेर राख्न सकेँ त मैले? अहँ त्यो पनि मेरो परिचय हुनै सक्दैन।
आफ्नो परिचयलाई बाँधेर राख्ने भाग्यमानीहरू थोरै मात्र हुन्छन्। (परिचय नहुनेहरू अभागी भन्न खोजेको होइन)। आफ्नो परिचयप्रति म खासै उदास त थिइनँ र होइन पनि, तर मैले मेरो परिचय स्वयम् बनाउनुपर्छ या मेरो परिचय म जन्मँदै मसँग आउनुपर्छ, यहाँनिरको विरोधाभास हो।
परिचय केलाई मान्ने त्यसको छुट्टै बहस होला। मलाई चिन्नेहरू भन्छन् म ‘बिन्दास’ मान्छे हुँ। हुन पनि हुँ नै। म पनि आफूलाई त्यसरी नै चिन्छु।
किनकी म बितेको घटनासँग भयभित हुन्नँ। चाहे त्यो मेरो पक्षमा होस् या विपक्षमा। मेरो लागि त्यसले समान अर्थ राख्छ। र, साँच्ची भन्ने हो भने मेरा केही सखाहरूसँग काठमाडौंका कुनाहरूमा बाइकमा घुइँकिदा र कतै विशेष स्थानमा पार्टी गर्दा राखिदिएको ‘जङ्की फुच्चे’ नाउँ सारै प्यारो लाग्छ।
तर, त्यो नाममा केवल मेरा तिनै सखाहरूको अधिकार छ। र, त्यो परिचय उनीहरूसँगै रहनुमा नै त्यो नामले अर्थ पाउँछ।
किनकी उनीहरू ती सखा थिए, जसले नाम पनि दिए र आवश्यक परेको बेला सधैं प्रमाणित गरिरहे। त्यो नाम मैले कहिल्यै प्रमाणित गर्नु परेन।
मैले पहिलो पल्ट मेरो परिचय तब खोजेँ वा म पहिलो पल्ट मेरो परिचयसँग तब डराएँ, जब आमाको पेटमै रहेकी, मेरी जन्मिन लागेकी छोरीको नाम राख्नुपर्ने भो।
के नाम राख्नू? त्यति बेला म पोर्तुगलमा थिएँ र मेरी छोरी जन्मिएको एक वर्षपछि पोर्तुगिज हुँदै थिइन्। बा र आमा नेपाली अनि छोरी पोर्तुगिज हुँदा उसको नाम के राख्ने? र, अझै उसलाई बेलायतमा पढाउने र उतैको रैथाने बनाउने सपना त बाँकी नै छ।
म त्यो ‘बा’ थिएँ र हुँ, जसले नाम राखेपछि त्यो नाम प्रमाणित पनि उसैले गर्नुपर्छ भन्ने विचार राख्थेँ र राख्छु पनि। धेरै बेर घोत्लिएको थिएँ म।
तीन दशकअघिको मेरो जस्तो उसको नाम पछि परिवर्तन गर्न सम्भव थिएन। उसको नाम म र मेरी श्रीमतीले राखिसकेपछि त्यो प्रमाणित गर्नु पर्ने चुनौती थपिने नै भयो।
आफ्नै परिचय खोजिरहेको म अब छोरीको परिचयको थप भार बहन गर्न सकौंला त? तर, मनमनै मुस्कुराएको थिएँ, आफ्नो नाम प्रमाणित गर्न नसकेको म पक्कै पनि छोरीको नाम त प्रमाणित गर्ने नै छु।
म स्वयम् पनि पोर्तुगिज हुँदै थिएँ। छोरी जन्मँदा नेपाली नै हुने भई र केही वर्षमै पोर्तुगिज, त्यसपछि सायद इङ्लिस्।
यी तिनै ठाउँमा छोरीलाई त्रिवेणी बनाउने अठोटसहित नाम दियौं ‘इभाना’। इभानाको अर्थ भगवानकाे प्रसाद, इभाले नेपालीपन झल्काउने, इभाना नाम अंग्रेजी र पोर्तुगिज दुवैमा प्रयोग हुन्छ। म र मेरी श्रीमतीले नाम प्रमाणित गर्ने चुनौती स्वीकारेर छोरीको नाम आफैंले राखेका थियौं।
छोरी जन्मिई र ठूली हुँदैछ। मैले त उसलाई पुतलीजस्तै छोडिदिएको छु। कहिले उड्छे आकाशमा चरा बनेर। मलाई चङ्गासँग प्रेम छैन।
म ऊसँगै उड्न नसके पनि तल हात थापेर दगुर्ने गर्छु छोरी सँगसँगै। थाकेर झरी भने मेरो हातमै सुरक्षित झर्ने छे ऊ।
म कमजोर हुँला, तर मेरा हात पटक्कै कमजोर छैनन्। र, विश्वास मान्नुस् चराझैं उड्नेहरू भूइँमा खस्दैनन् विस्तारै अवतरण हुन्छन्। अनि, खुसी बनेर तपाईंलाई बताससँगै बेरेर कतै टाढा लैजाने छन्।
तर, उसको परिचय? एक पल्ट मैले ख्यालख्यालमै भनिदिएको थिएँ ‘मेड इन नेपाल, एसम्बल्ड इन पोर्तुगल एन्ड रनिङ इन यूके।’
तर, उसको माटो खोई? कता छ? मैले एक पल्ट आप्रवासीहरूको बहसमा भनेको थिएँ, ‘तपाईं कहाँ जन्म्यो र कहाँ हुर्क्याे त्यसले तपाईंलाई आप्रवासी बनाउँदैन। तपाईंसँग जुन ठाउँको माटो छ त्यो देश तपाईंको हो। माटो छैन भने तपाईं आप्रवासी हो।’
अर्थात् तपाईंको घर छ कि छैन? नेपाली भाषामा भन्दा के तपाईंसँग लालपुर्जा छ? छैन भने तपाईं आफ्नै देशमा पनि आप्रवासी हो। तर, विदेशमा त दर्जन घरको लालपुर्जा बोक्नेहरू पनि आप्रवासी छन्। जब आफू जन्मेको देशमै आप्रवासी बनिन्छ नि तब अरू देशमा आप्रवासी बन्नुले केही फरक पार्दैन। (मैले यहाँ आप्रवासीको शाब्दिक अर्थ बदल्न खोजेको होइन)।
इभाना। छोरीको यही नाम प्रमाणित गर्ने र उसको आफ्नै परिचय बनाउने चुनौतीले अलिकति थिचेको अनुभव हुँदा करिब पाँच वर्षपछि स्कटल्यान्डको शान्तिले धेरै नै दिएको छ।
छोरी पार्कमा बतासिँदै छे, अलिक तल झ्याङमा बसेर म उसको परिचय भर्दैछु। अब धेरै दगुर्नु छ म छोरीसँगै र उसको नाम प्रमाणित गर्नुपर्ने छ मैले जतिसक्यो चाँडो।
म लागिरहेको छु उसको आफ्नै घरको कागजसहित परिचयलाई पूर्णता दिन। र, कसैले उसको परिचय मागे पक्कै पनि उसले यसो भन्ली : आई एम इभाना चपाईं, स्कटिस्, बर्न इन पोर्तुगल एन्ड माई प्यारेन्ट्स आर नेपाली।
सन्तुष्टिको स्वास फेर्दै आकाशतिर हेर्छु। बादलहरू पर कतै लुकेजस्तै बसेका छन्। बकुल्लाहरू परेवासँगै आकाशमा उड्दैछन्। र, परेवा हो या बकुल्ला, मेरो निधारमै बिष्ट्याउँछ। नजिकैको झारले पुछ्दै आमाले भनेको सम्झन्छु, ‘साइत बन्छ रे।’
" /> करिब २५ वर्षअघि एसएलसी पास भएर काठमाडौं पढ्न आउँदा मलाई सबैभन्दा बढी डर लाग्ने विषय थियो ‘परिचय’।काठमाडौंका रैथानेहरू हामीलाई ‘बाल’ दिन्थेनन् र कहीँकतै कसैसँग केही कुरा भयो भने नाम सोध्थेनन्।

">