महाेत्तरी। बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण सुरु गरेको छ।
जिल्लाको बर्दिवास नगरपालिका-१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण सुरू गरेको हो।
यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।
“वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्”, अध्यक्ष न्यौपानेले भने, “हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण सुरु गरेका हौँ।”
यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ।
अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ। रासस
" /> महाेत्तरी। बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण सुरु गरेको छ।जिल्लाको बर्दिवास नगरपालिका-१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण सुरू गरेको हो।

">