धापाखेल र प्युठानमा करेन्ट लागेर दुई जनाकाे मृत्यु

ललितपुर। ललितपुर महानगरपालिका-२३ धापाखेल डाउनटाउन बस्ने बारा देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

सोही ठाउँ बस्ने मान बहादुर केसीको घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाईटेन्सन लाइनमा छुँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्युठानमा १६ वर्षीयाको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका-३ उपल्लो भिंगृ बस्ने १६ वर्षीया श्रेया नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्