पहिरोले पुरिएर जेसिबी चालकको मृत्यु
<p>प्युठान। माण्डवी गाउँपालिका-१ डाम्री खोलास्थित सडक निर्माण गर्ने क्रममा पहिरो जाँदा जेसिवी चालकको सोमबार मृत्यु भएको थियो। </p>
<p>मृत्यु हुनेमा अर्घाखाँची शितगंगा नगरपालिका-८ बस्ने ४० वर्षीय नरसिंह बुढामगर रहेका छन्। पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
