बाघले लियो ६० वर्षे महिलाको ज्यान <p>चितवन।&nbsp;खैरहनी नगरपालिका-१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा रत्ननगर नगरपालिका-६ बछौली बस्ने ६० वर्षीय बबना चौधरीको बाघको आक्रमबाट सोमबार बिहान मृत्यु भएको छ।</p> <p>घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर टाढा घाँसे मैदानमा उनको शव फेला पारेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्